स्पेनमा दुताबास खोल्न प्रधानमन्त्री कोईरालाले उच्च प्राथमिकता दिने


– बसन्त रानाभाट
बार्सिलोना/
प्रधानमन्त्री सुशील कोइरालाले स्पेनमा नेपाली राजदुताबास स्थापनाको लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।  गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनको नेतृत्वमा गएको टोलीसँग भेटबार्ता गर्दै कोईरालाले यस्तो प्रतिबद्दता ब्यक्त गरेका हुन्।कोईरालाले दुताबासको माग सहित हस्तान्तरण गरिएको ज्ञापनपत्र बुझ्दै गैरआवासीय नेपालीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गरे।

भेटवार्तामा सहभागी एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीका अनुसार प्रधानमन्त्री कोईरालाले स्पेनबासी नेपालीहरुका समस्या प्रति आफु गम्भिर रहेको बताएका छन्। प्रधानमन्त्रीले प्रक्रिया पुरा गरि दुताबास स्थापनामा लागि आफुले तत्काल सम्बन्धित निकायमा छलफल गरि पहल सुरु गर्नेबारे भेटमा सहभागीहरुलाई आश्वस्त पारेको गिरीले बताए। अध्यक्ष गिरीले भेटबार्ता पछि नेपालीनेपाली डटकमलाई  भने, “स्पेनबासी नेपालीहरुका समस्यालाई देशको प्रधानमन्त्री समक्ष राखियो,आशा छ हामीले राखेका मागहरु पुरा हुनेछन्।”

बुधबार सम्पन्न भेट बार्तामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रिय सह-संयोजक सोम सापकोटा , सल्लाहकार पुष्प राज तिमल्सिना, सदस्य दीपक खरेल, राष्ट्रिय समन्वय परिषद् स्पेनका सदस्य प्रकाश भट्टराईलगायतको सहभागिता रहेको थियो।

यसैबीच प्रतिनिधिमन्डलले नेपाली काग्रेसका नेता शंशाक कोइरालासँग पनि एक छुट्टै भेटबार्ता गरेको छ। सभासद कोईरालाले पनि दुताबास स्थापनाको बिषयमा आफु सकारात्मक रहेको र सक्दो पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेको छन्।

10944682_914452821922212_1242987565_nप्रतिनिधिमन्डल नेपाली काग्रेसका नेता शंशाक कोइरालासँग

दुताबास नहुदा स्पेनमा पासपोर्ट र अन्य आवश्यक कागजात बनाउनका लागि निकै झन्झट र खर्च गर्नुपर्ने बाध्यता छ। फ्रान्सको पेरिस स्थित दूतावासले ५ बटा देशलाई हेर्नु पर्ने हुदा, करिब १० हजार स्पेनका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सकेको छैन।

दुताबास स्थापना हुनेमा स्पेनबासीमा आशा जाग्यो

औपचारिक रुपमा नै नेपाल सरकारका उच्च पदस्थ ब्यक्तिहरु सँगको भेटबार्ता पछि दुताबास स्थापना हुनेमा स्पेनबासी नेपालीहरुमा आशा पलाएको छ। देशका शिर्ष नेताहरुसँग यसअघि पटक पटक अनुरोध गरेता पनि खासै पहल नहुदा निराशा बनेका नेपालीहरुमा फेरि एकपटक आशा जागेको हो।

बार्सिलोनामा बसोबास गर्दै आएका बागलुङ्का हिरालाल सापकोटा (डायमण्ड) भन्छन् पहिले भन्दा अहिले धेरै आशा जागेको छ। प्रधानमन्त्री, परराष्ट्रमन्त्री,परराष्ट्र सचिब, जो निर्णय गर्ने र कार्यान्वन गर्ने तहमा छन्, उनिहरुले नै आश्वस्त पारे पछि विश्वास जागेको धारणा राख्दै सापकोटाले संबिधान निर्माणको समय र दलहरुबीच बढ्दै गएको दुरीको कारणले तत्कालै स्थापना हुनेमा अझै शंका लागेको बताए।

स्पेनमा हुने अन्तरक्रिया कार्यक्रमहरुमा दलका नेताहरुसँग समस्याहरु राख्दा दिक्क बनेका नेपालीहरुले एनआरएनएले गरेको पहललाई सकरात्मक रुपमा लिदै सरकारी निर्णयको प्रतिक्षा गरेका छन्। संघले दुताबासको माग राख्दै सरकारलाई ज्ञापन पत्र र हस्ताक्षर संकलन गरि बुझाएको यो पहिलो पटक हो।

 

10924705_10155151789545220_5976233850055206664_n परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग भेटबार्ता