सामाजिक भेदभाव विरुद्धको चलचित्र सुनपानी शुक्रबार देखि देशभर प्रदर्शन हुदै


– प्रकाश तिवारी

हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदी लगायतका बिभिन्न कुरितिहरुलाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको चलचित्र सुनपानी यहि माघ २३ शुक्रबार देखि देशभर प्रदर्शन हुदैछ।

गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा कलाकार चेतबहादुर सिंह राजाले निर्माण गरेको चलचित्र सुनपानीको निर्देशन बहुसख्यक जन चेतनामुलक टेलिचलचित्रका निर्देशक तथा कलाकार सविन बास्तोलाले गरेका हुन्।

नेपाली चलचित्र क्षेत्रमा मौलिकता र नेपालीपन बोकेको चलचित्र सुनपानीमा सविन बास्तोला, अग्रज के.सी, तारा के.सी, आशा भुषाल, नविन तिमिल्सीना, चेतबहादुर सिहं राजा, नीशा शाह, दिलिप तामाङ्ग,बुद्धिसागर खनाल,स्वस्तिका लामिछाने लगायतको अभिनय रहेको छ ।

चलचित्रको छायांकन गणेश कुमार श्रेष्ठ, संपादनमा विपिन मल्ल र चलचित्रको सह निर्मातामा बुद्धि सागर खनाल र प्रकाश तिवारी रहेका छन । विमलराज क्षेत्रीको संगीत रहेको यस चलचित्र सुनपानिको यस अघि पोखरा, काठमान्डौ र बुटवल लगायतका ठाउँहरुमा बिशेष प्रदर्शन गरिएको थियो।

चलचित्र सुनपानीको प्रोमो हेर्नुहोस।