नेदरल्याण्डको टेलिभिजन कव्जा राख्ने हतियारधारी प्रकाउ (लाईभ भिडियो)


नेदरल्याण्डको टेलिभिजन स्टेशन एन ओ एसलाइ एक हतियार धारी व्यक्तीले कव्जामा लिएको थियो । लाइभ टेलिकास्टमा रहेको सो टेलिभिजन विहीवार वेलुकी पेस्तोल सहितको ती व्यक्तीले कव्जामा लिए लगत्तै प्रहरीले सो क्षेत्र खाली गर्राई अपरेशन शुरु गरेको थियो ।

केही समय पश्चात ती व्यक्तीलाई प्रहरीले आफनो नियन्त्रणमा लिन सफल भयो । जुन दृष्य पनि टेलिभिजन मार्फ देखाइएको थियो । प्रहरीले यो घटनाको अनुुसन्धान शुरु गरेको छ । पछिल्लो अवस्थामा युरोपमा आतंकवादको आक्रमणको श्रुखला वढदै गर्दा यो अर्को प्रकरण अगाडी आएको हो ।

उता वुधवार एक भिडियो संन्देशमा युरोपद्धारा आतंकवादी संस्था धोषणा गरिएको आइ एस ले फान्स र वेल्जियममा कार वम पडकाउने र

विभिन्न व्यक्तीको शिर क्षेदन गर्ने धम्की दिएको थियो । यसको लगत्तै यहाको सुरक्षालाई अझै कडा गरिएको छ ।- namasteurope