स्पेनमा काग्रेसको क्रियाशील सदस्यताका लागि फारम संकलन कार्य तिब्र


बसन्त रानाभाट
बार्सिलोना/
नेपाली जनसम्पर्क समिति स्पेनले काग्रेसको क्रियाशील सदस्यताको लागि आबेदन फारम संकलन कार्यलाई तिब्रता दिएको छ। करिब एक सय जति आबेदन फारमहरु संकलन भईसकेको समितिले जनाएको छ।

नेपाली काग्रेसको महाधिबेशनलाई ध्यानमा राख्दै आबेदन संकलन कार्यलाई तिब्रता दिने निर्णय यसअघि नै समितिले गरेको थियो।

जनसम्पर्क समितीहरुको हकमा केन्द्रबाट थप १ महिना समय उपलब्ध भए पछि संकलन कार्य फेब्रबरी १५ तारिक सम्म जारी रहने समतिका उपाध्यक्ष बिष्णु रिजालले जानकारी दिए। रिजालले नेपालीनेपाली डटकमलाई भने,”हामीले स्पेनका बिभिन्न ठाउहरूबाट अझै  फारमहरु संकलन गर्न बाकि नै छ,केन्द्रबाट पनि थप समय उपलब्ध भएकोले झन् जोडतोडका साथ लागि परेका छौ।

उनले बार्सिलोना बाहिरका ठाउहरुबाट कसैलाई फारम चाहिएमा ईमेल मार्फत स्कान कपि पठाईएको र पोष्टबाट आएका फारमहरूको पनि कार्यलयमा रुजु गर्ने काम जारी रहेको बताए । एकमुष्ठ संकलित फारमहरू रुजु भईसकेपछि, समितीको बैठकले अनुमोदन गरेर मात्र केन्द्रलाई पठाउने तयारी गर्ने रिजालले जानकारी दिए।

सदस्यताको लागि २५ डलर शुल्क समेत लाग्ने समतिले जनाएको छ। स्पेनबाट पाच सय सदस्यता बनाउने लक्ष्य राख्दै समितीले आबेदन फारम संकलन कार्यलाई तिब्रता दिएको हो।

काग्रेसको बिधान अनुसार जनसम्पर्क समितीबाट आबेदनका लागि पठाईएका फारमहरूलाई केन्द्रले अनुमोदन गरी ५ सय सदस्यता बितरण गरेमा, एक निर्बाचन क्षेत्र अनुरुप मान्यता दिने प्राबधान रहेको छ।

नेपालमा हुदा नेपाली काग्रेस वा भात्रि संगठनमा रही काम गरेका वा बिदेश आए पछि पनि समिति प्रति आस्थावान भई योगदान दिएका ईच्छुक आवेदकहरुको फारम संकलन भईरहेको समितिले जनाएको छ।