कुलेन्द्र बिक र सम्झना लामिछानेले लिस्बन तताउदै


विनोद घिमिरे
लिस्बन/
पोर्चुगलको लिस्वन शहरमा फेरी एउटा सांस्कृतिक धमाका हुने भएको छ l लिस्वंनका दाजुभाई दिदीबहिनीहरुले प्रख्यात गायक कुलेन्द्र बिक र गायिका सम्झना लामिछाने मगरको साथमा लोक तथा दोहोरी गित को छुट्टै मज्जा लिन पाउने भएका छन् l

पोर्चुगलमा नेपालीहरु बढ्दो आगमन र संघ सस्थाहरुको वृद्धि विकास संगै झन्डै हप्तै पिच्छे कुनै न कुनै कार्यक्रमको आयोजना हुन थालेको छ । यस पटकको सांस्कृतिक धमाका भने मगर समाजले गर्न लागेको हो।

मगर समुदायले बिशेष पर्व को रुपमा मनाउदै आएको माघे संक्रान्तिको अवसर पारेर केहि ढिलै भए पनि आउदो फेब्रुवरी ८ तारिक आइतवार समाजले बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने जमर्को गरेको छ l

डाडै फुर्के सल्लो, हिमालको काख बाट, छैन गुनासो जस्ता थुप्रै गित गाईसकेका बिक एबम बनैमा फूल बसायो, तिमी कहाँ म कहाँ, मेरो ब्वाई फ्रेन्ड जस्ता गित पस्किसकेकी सम्झना ले दर्शकलाई भरपुर मनोरंजन दिनेछन् l

बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरि विशुद्ध मनोरंजन दिने अभिप्राय ले कार्यक्रम आयोजना गरिएको बताउछन् समाजका अध्यक्ष लाल बहादुर पुन l साथै उनले सम्पूर्ण पोर्चुगलबासी दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिका लागी निमन्त्रणा समेत गरेका छन् l