प्रेस चौतारी कास्कीको सातौं अधिवेशन फागुन तेस्रो साता


 

पोखरा/प्रेस चौतारी कास्कीको सातौं अधिवेशन आगामि फागुनको तेस्रो साता हुनेभएको छ । प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा मंगलबार बसेको बैठकले फागुन २३ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले पे्रस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते पोखराको पत्रकारिता र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको सचिव माधव बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरालका अनुसार प्रेस चौतारी पत्रकारिता पुरष्कार २०७० को प्रतिभा छनोट समिति गठन गरेको छ । समितिको सदस्यमा अग्रज पत्रकार बद्रीविनोद प्रतिक, प्रेस चौतारीका उपाध्यक्ष शान्ति गुरुङ, गण्डकी इन्चार्ज हरि बाँस्तोला र पदेन सदस्यमा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर र सचिव माधव बराल रहनुभएको छ ।

अधिवेशनलाई मध्य नजर गर्दै चौतारीका सदस्यको सदस्यता नविकरण साथै नयाँ सदस्यता फागनु १६ गतेसम्म वितरण गरेर केन्द्रलाई विवरण पठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।