वर–वधु खोज्नका लागि पोखरामा ‘म्यारिज ब्यूरो’ स्थापना


पोखरा /उपयुक्त ‘वर–वधु’ छान्न सघाउने गरि पोखरामा ‘म्यारिज ब्यूरो’ संचालनमा आएको छ । वेडिङ प्लानर प्रालि नाम दिएर युवा व्यवसायी बालकृष्ण नेपालीले ‘म्यारिज ब्यूरो’ संचालनमा ल्याएका हुन् ।

‘अहिलेको व्यस्त दैनिकीमा आफु सुहाँउदो वर–वधु छनौट गर्न पनि समस्या आईरहेको छ ।’ ब्यूरोका संचालक नेपालीले भने–‘त्यसैले हामीले विहे गर्न योग्य युवायुवतीका लागि आफुले खोजेको जस्तो जोडी मिलाईदिने काम गर्छौँ ।’ पोखरामा ‘म्यारिज ब्यूरो’को प्रचुर संभावना भएकैले आफुले यसलाई व्यवसायिक रुप दिन खोजेको उनले बताए ।

विशेषगरि भारत र यूरोपियन मुलुकमा यो व्यवसाय फस्टाउँदो छ । पोखरासँगै नेपालकै लागि यो व्यवसाय केहि नयाँ भएकोले चुनौती भएपनि योग्य जोडी पाउनमा यसको योगदान निकै रहने प्रालिका संचालक नेपालीले दाबी गरे । कम्पनीले विवाहपुर्व र विवाहेत्तर सम्बन्धको बारेमा उचित परामर्श समेत दिने उनले जानकारी दिए ।

आईतबारदेखि संचालनमा आएको ब्यूरोले एकल महिला र पुरुषका लागि पनि जोडि मिलाउने काम गर्ने जनाएको छ । यस्तै दृष्टिविहिन र फरक क्षमता भएकाहरुको लागि निशुल्क परामर्श दिनुका साथै जोडी खोज्ने काम गर्ने कम्पनीको दाबी छ ।