नेपालको डिभिजन १ मा उक्लने सपना चकनाचुर


, काठमाडौं / नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वानमा उक्लने ऐतिहासिक अबसरबाट चुकाएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा केन्यासँग ५ विकेटले पराजित भयो । हारसँगै नेपाल फाइनलमा पुग्न असफल भयो । यसले डिभिजन वानमा पुगेर अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसीप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

पहिलो खेलमा युगाण्डासँग हारे पनि नेपाल बलियो टीम नेदरल्याण्ड, क्यानडा र नामिबियालाई हराउँदै डिभिजन वानको नजिक पुगिसकेको थियो । तर, शुक्रबार नेपाल निकै अभागी सावित भयो ।

नेपाल र केन्याको खेल चलिरहँदा नेदरल्याण्डले युगाण्डाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै डिभिजन वानका लागि दावेदारी प्रस्तुत गर्‍यो ।

उसले युगाण्डालाई ७९ रनमा अल आउट गर्‍यो भने ६.३ ओभरमा ३ विकेट गुमाएर लग्य भेट्टायो । यससँगै नेदरल्याण्डले नेपालको समान ६ अंक मात्र बनाएन, रन रेटमा राम्रो सुधार गर्‍यो ।