दुई बर्ष अघि डिभी परेर अमेरिका गएका विष्णुहरिले आत्महत्या गरेको पुष्टी


भर्जिनिया/

अमेरिकाको भर्जिनिया उडब्रिज निवासी नेपाली युवा विष्णुहरि भण्डारीले आफ्नै निवासको बाथरुममा आत्महत्या गरेको पुष्टी भएको छ । प्रहरी रिपोर्ट र अस्पतालले समेत उनको मृत्‍यु लाई आत्महत्या भएको बताएको छ।

श्रीमती, पाँच बर्षिय एक छोरी र अर्की मात्र पाँच महिने छोरीका बाबु बिष्णुहरी नेपालको नुवाकोट थानसिँहका बाबु चोक प्रसाद भण्डारी र आमा साबित्री भण्डारीका छोरा हुन ।

दुई बर्ष अघि डिभी लोटरी मार्फत अमेरिका छिरेका उनी एबिसी र वालमार्ट मा काम गर्थे । नेपालमा मात्र होइन अमेरिका आएपछी पनि काङ्रेसको राजनीति गर्दै आएका उनी किन आत्महत्या गर्नपुगे थाहा हुन सकेको छैन ।

Bishnuhari-bhandari-USA1

(श्रीमती तथा छोरीहरुको तस्बीर )

“कुन कुन मिडियाले नानाथरी नचाहिने समाचार लेखिदिएछन त्यसले नराम्रो अफवाह मात्र फैलाएको छैन नेपालमा हुने आफन्तजनलाई शोक मा डुबेकाबेला झनै तनाब दिने काम गरेको छ, हामीलाई त्यस्ता मिडिया प्रती खेद छ, भण्डारीका आफन्त एबम निकट साथी शंकर प्रसाद पाण्डेले भने।

शंकरले नै स्वर्गीय बिष्णुहरी कि श्रीमती, दुई नाबालकहरु लाई आफ्नो निवास लगेर आश्रय दिएका छन भने दाह सँस्कार लगायतका कुरा ब्यबस्थापन गर्दैछन ।