तमु समाज स्पेनको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न


बार्सिलोना/
तमु समाज स्पेनको तेस्रो अधिबेशनबाट बनेको नयाँ कार्यसमितिले पहिलो बैठक सम्पन्न गरेको छ। अधिबेशन तथा ल्होछार कार्यक्रमको समिक्षा गर्दै बैठक सम्पन्न गरेको हो।

अधिबेशनलाई सर्बसम्मत गराउने समन्वय समिती, खाना उपलब्ध गराएर सहयोग गर्ने,चिठ्ठाको पुरस्कार उपलब्ध गराउने लगायत आर्थिक सहयोग गर्ने सबैलाई धन्यबाद प्रकट गरेको महासचिब बेलकाजी गुरुङले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

अध्यक्ष ज्योति गुरुङको अध्यक्षतामा बैठक सम्पन्न बैठकले तमु ल्होछार सास्कृतिक कार्यक्रम सम्पन्न गर्नको सहयोग पुर्याएकोमा अन्तरास्ट्रिय कलाकार मन्च स्पेनका अध्यक्ष अजय लोप्चन लगायत सम्पूर्ण कलाकारहरु प्रति आभार प्रकट गरेको छ।

कार्यक्रममा उपस्थित भई स्पेन स्थित संघसस्थाहरु प्रतिनिधिहरु लगायत नेपाली समुदायले सफल पारिदिएकोमा धन्यबाद दिदै समाजले आउदा दिनमा पनि सहयोगको अपेक्षा राखेको जनाएको छ।

हरेक बर्ष बार्सिलोनामा आयोजना गर्दै आएको ल्होछार कार्यक्रम यस पटक पनि तमु समाजले हर्ष उल्लासका साथ मनाएको छ।

समाजको गत डिसेम्बर २८ तारिकमा तेस्रो अधिबेशन तथा ल्होछार कार्यक्रम बार्सिलोनामा सम्पन्न भएको थियो।