प्रबासी नेपाल मञ्च स्पेनले भाबि कार्यनीतिलाई प्रभाबकारी बनाउन जिम्मेबारी बाँडफाँड


बसन्त रानाभाट
बार्सिलोना/

बार्सिलोना । प्रवासी नेपाली मञ्च स्पेनले भावी कार्यनीति र कार्यक्रमलाई प्रभावकारी बनाउन संगठनमा जिम्मेवारी बाँडफाँड गरेको छ। तेस्रो अधिबेशनबाट बनेको नयाँ कार्यसमितिको पहिलो बैठकले आगामी दिनमा गरिने कामहरुलाई प्रभावकारी बनाउने भन्दै बाँडफाँड गरेको हो।

बैठकले स्कुल तथा प्रशिक्षणमा युरोप प्रतिनिधि पुष्पराज तिमिल्सिना, एनआरएन बिभागमा (सामाजिक संघ सस्था) संरक्षक मुक्तबहादुर गुरुङ, संगठनमा अध्यक्ष दिनेश गुरुङ, अनुशासनमा अमर गुरुङ, आर्थिकमा दिनेशराज रेग्मी, युवा तथा खेलकुदमा हेम पाण्डे, महिला बिभागमा नारायणी तिमिल्सिना, प्रचारप्रसार (सूचना)मा लक्ष्मण शर्मालाई संयोजकको जिम्मेबारी तोकेको छ।

बैठकले प्रत्येक संयोजकलाई सघाउने गरि एक-एक जना सह–संयोजकको नाम पनि घोषणा गर्दै मञ्चलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। मञ्चले बिभागका सह संयोजकहरुमा क्रमश राजु बस्नेत,सुबास रानाभाट, दीपक भट्टराई, निलबहादुर गुरुङ, रामप्रसाद कंडेल, पुष्प केसी, रीता ढुंगाना रेग्मी र शंकरराज बराललाई तोकेको छ।

बैठकले एनआरएनए स्पेनको पहलमा दूताबास स्थापनको लागि दबाब स्वरूप सरकारलाई ज्ञापन पत्र बुझाउनको लागि नेपाल पठाउनको लागि मञ्चको तर्फबाट सस्थापक अध्यक्ष एबम् युरोप प्रतिनिधि पुष्पराज तिमिल्सिना र निबर्तमान सल्लाहकार दीपक खरेललाई पठाउने निर्णय गरेको महासचिब लक्ष्मण शर्माबाट जारी विज्ञप्तिमा उल्लेख छ। खरेल र तिमिल्सिना दुवै जना नेपाल पुगिसकेका छन्।

बैठकले तेस्रो अधिबेशनको समिक्षा गर्दै समय अभाबले सांस्कृतिक कार्यक्रम राख्न नसकेको भन्दै अन्तरास्ट्रिय कलाकार मञ्च स्पेन लगायत कलाकारहरुसँग क्षमायाचना गरेको छ।

अध्यक्ष दिनेश गुरुङको अध्यक्षता मंगलबार बसेको बैठकले अधिबेशनमा निमन्त्रणालाई स्वीकार गर्दै नेपालदेखि सहभागी बनेका नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल, युरोपका विभिन्न मुलुकबाट आएका अतिथिहरु, बार्सिलोना स्थित  नेपाली कन्सुलर, स्पेन स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , पत्रकार , कलाकार लगाएत कार्यक्रममा उपस्थित भई सहयोग गर्ने सबै प्रति धन्यवाद प्रकट गरेको छ।

मञ्चबाट नेपाली नेपाली डटकमलाई पाप्त बैठकबारे जानकारी सहितको निर्णयहरु जस्ताको तस्तै :-

मञ्चबाट नेपाली नेपाली डटकमलाई पाप्त बैठकबारे जानकारी सहितको निर्णयहरु जस्ताको तस्तै :-

तेश्रो कर्यसिमितिबाट औपचारिक रुपबाट बुझ बुजारत भए पश्चात सुरु भएको बैठकले संस्थाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल देखि पाल्नु भएका नेकपा एमालेका उपाधक्ष्य श्री भिम बहादुर रावल, युरोपका विभिन्न मुलुकबाट पाल्नु भएका अतिथि, स्पेनका लागि नेपाली कन्सुलर, स्पेन स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,पत्रकार , कलाकार लगाएत कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली तथा बिदेशी दाजुभाई दिदि बहिनी हरुमा हार्दिक धन्यवाद प्रकट गरेको थियो।

साथै उक्त दिन समय अभाबका कारण सास्कृतिक कार्यक्रम गर्न असम्भव भएकाले पर्न गएको असुविधाका लागि संस्थाले अन्तर्राष्ट्रिय कलाकार मंच समक्ष क्षमा याचना गरको छ।

यसै गरि वर्तमान कार्यसमितिले संचालनमा ल्याएको वेब साईट सौजन्य गर्नु हुने संस्थाका अध्यक्ष श्री दिनेश गुरुङ, रात्रिभोज सौजन्य गर्नु हुने भेराशोल हाउजिंग कम्पनीका संचालक श्री पुष्प राज तिमिल्सिना र श्री राफेल भिनास पिच , अधिवेशनका दिन पानी सौजन्य गर्नुहुने संस्थाका वर्तमान सदस्य श्री सुबाश रानाभाट लगायत आफ्नो नैतिक र भौतिक क्षमताले सकेसम्मको सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई संस्थाले हार्दिक धन्यबाद प्रकट गर्दै भाबी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको जानकारी गरेको छ।

स्पेनमा नेपाली दूतावास स्थापनार्थ दबाब सिर्जना गर्न नेपाल सरकार समक्ष जान लागेको एनआरएनए स्पेनको प्रतिनिधि मण्डलमा सहभागी हुने गरी संस्थाको तर्फबाट संस्थाका संस्थापक अध्यक्ष, यूरोप प्रतिनिधि तथा वर्तमान गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार श्री पुष्प राज तिमिल्सिना र संस्थाका निबर्तमान सल्लाहकार अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य श्री दीपक खरेललाई भाग लिन पठाउने निर्णय गरेको छ।
साथै उक्त बैठकले संस्थाको भाबी कार्यनीति र कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नका लागि विभिन्न विभागहरु गठन संगै निम्न अनुसार रहने गरि जिम्मेवारी प्रदान गर्यो।

संगठन बिभाग संयोजक / श्री दिनेश गुरुङ
सह संयोजक / श्री दीपक भट्टराई

आर्थिक बिभाग . संयोजक / श्री दिनेश राज रेग्मी
सह संयोजक / श्री राम प्रसाद कंडेल

महिला बिभाग . संयोजक / श्री नारायणी तिमिल्सिना पराजुली
(संस्कृतिक ) सह संयोजक / श्री रिता ढुंगाना रेग्मी

युवा तथा खेलकुद बिभाग . संयोजक / हेम पाण्डे
सह संयोजक / श्री पुष्प के सी

एन आर एन बिभाग . संयोजक / श्री मुक्त बहादुर गुरुङ
(सामाजिक सघ संस्था) सह संयोजक / श्री सुबास रानाभाट

प्रचार प्रसार बिभाग . संयोजक / श्री लक्ष्मण शर्मा
सह संयोजक / श्री शंकर बराल

स्कुल तथा प्रशिक्षण बिभाग . संयोजक / श्री पुष्प राज तिमिल्सिना
सह संयोजक / श्री राजु बस्नेत

अनुशाशन बिभाग . संयोजक / श्री अमर गुरुङ
सह संयोजक / श्री निल बहादुर गुरुङ

संस्थाका अन्तरिक बिषय हरुमा महोत्वोपूर्ण निर्णय पनि संस्थाले आफ्नो पहिलो बैठक मा गरेको छ

महासचिव
लक्ष्मण शर्मा
प्रवासी नेपाली मंच,स्पेन