स्पेनमा राजदुताबास सँगै स्वास्थ्य, उद्योग,पर्यटन बारे एनआरएनले छलफल गर्ने


 

– बसन्त रानाभाट
बार्सिलोना/

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् स्पेनले राजदुताबास स्थापनाको माग सँगै दुई देश बीचको सम्बन्ध बिस्तार गर्ने पहल स्वरूप बिभिन्न क्षेत्रका प्रतिनिधिहरु सँग भेटघाट तथा छलफल गर्ने भएको छ।

पर्यटन ,स्वास्थ्य ,उद्योग ब्यबसाय लगायतका क्षेत्रमा पनि सहयोग आदानप्रदान गर्न नेपालमा प्रतिनिधिहरु सँग छलफल गर्न लागेको हो।

मुख्यत स्पेनमा नेपाली राजदुताबासको माग गर्दै आगामी साता नेपाल सरकारलाई बुझाउन लागेको ज्ञापनपत्रमा अन्य क्षेत्रहरुलाई पनि समेटेर सम्बन्ध बिस्तारको प्रयास गर्न लागेको संघले जनाएको छ।

स्पेन स्थित नेपाली सस्थाहरुको सहयोगमा संघले ३ हजार ५ सय जति हस्ताक्षर संकलन गरीसकेको छ। संघले नेपाल सरकारलाई ज्ञापनपत्रको साथमा हस्ताक्षर बुझाउने पनि तयारी गर्दै छ।

संघका अध्यक्ष एक राज गिरीले स्पेनका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु समकक्षीहरु सँग भेटघाट गर्न ईच्छुक रहेको बताएका छन्। उनले नेपालीनेपाली डटकमलाई भने,”तत्कालिन समयमा फ्रान्स स्थित नेपाली राजदुत कृष्ण मोहन श्रेष्ठ हुदा पनि हामीले स्पेनका परराष्ट्र मन्त्रालयका अधिकारी इरनेस्तो लोरेना सँग भेटघाट गरेका थियौ। भेटमा भने अनुसार उनीहरु नेपाल सरकार सँग सम्बन्ध बिस्तार गर्न ईच्छुक छन् हामी यो कुरा नेपालको परराष्ट्र मन्त्रालयमा राख्ने छौ।”

स्पेनको प्रान्तीय सरकार (कातोलोनिया) स्वास्थ्य क्षेत्रमा सहयोग गर्न तयार

संघका अनुसार स्पेनको प्रान्तीय सरकार (कातोलोनिया) नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न ईच्छुक देखिएको छ।

मेडिकल क्षेत्रमा छात्रबृद्दी प्रदान गर्न, तालिम तथा स्वास्थ्यकर्मी बीच अनुभब आदानप्रदान जस्ता कार्यक्रम ल्याउन तयार रहेकोले पनि नेपालको स्वास्थ्य मन्त्रालयमा भेट गरि जानकारी गराउने संघले जनाएको छ।

जसका लागि संघले बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्बिसको सहयोगमा प्रपोजल तयार गरेको छ। नेपाल सरकारका अधिकारीहरुसँग हस्ताक्षर गरि ल्याएको प्रपोजल कातोलोनियाका स्वास्थ्य अधिकारीहरुबाट हस्ताक्षर गराएर सम्बन्ध बिस्तार र सहयोग आदानप्रदानको बाटो खुलाउने प्रयास संघले थालेको छ।

स्पेनले साउथ अमेरिका र अफ्रिकी मुलुकहरुमा स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्दै आएको छ।

नेपालको मेडिकल रिपोर्टलाई मान्यता नदिने बारे ध्यानआकर्षण

परिबार पुनर्मिलनको क्रमका दिल्ली स्थित स्पेनिस दुताबासले नेपालको कुनै पनि मेडिकल रिपोर्टलाई मान्यता नदिने बारे नेपाल मेडिकल काउन्सिलको ध्यानआकर्षण गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा पनि जानकारी गराउदै संघले यो बारे चासो लिन काउन्सिललाई पनि अनुरोध गर्ने भएको हो। नेपालका मेडिकलहरुबाट बनाईएको रिपोर्ट मान्य नहुने भन्दै दिल्लीमा नै मेडिकल गर्नु पर्ने बाध्यतात्मक परिस्थिति रहेको छ।

प्रर्यंटन बिकास तथा लगानी भित्राउन पहल गर्ने

बार्सिलोना स्थित उद्योग ब्यबसायीहरुको संजाल कामारा दे कमरसियो दे बार्सिलोना नेपाल उद्दोग बाणिज्य महासंघ सँग छलफल गर्न तयार रहेको छ।

महासंघका प्रतिनिधिहरु भेट गरि यो बारे जानकारी गराउने संघले जनाएको छ। आपसी सम्बन्ध बिस्तार हुन सकेमा लगानी मैत्री बाताबरणको सृजना दुई मुलुक बीच हुन सक्ने प्रचुर सम्भावना रहेको छ।

यता स्पनिसहरु नेपालको प्राकृतिक मोहमा चुर्लुङ्ग डुब्ने गरेका छन्। सगरमाथाको आहारोण लगायत अन्य हिमालहरु चढ्न,ट्रेकिंग, मनोरम दृश्य हेर्नको लागि स्पेनिसहरु नेपाल पुगेको पाइन्छ।

तर नेपालमा स्पेनिस भाषामा टुरिस्ट गाईडलाईन ,निर्देशिका,नक्सा उपलब्ध गराउन सकेमा सहज हुने हुदा यो बारे सम्बन्धित पक्ष सँग संघले छलफल गर्ने भएको छ।

स्पेनिस माझ नेपाललाई चिनाउने कार्यक्रमहरु गर्दै आएको संघले आगामी बैशाखमा बुद्द र नेपाललाई चिनाउने बिशेष कार्यक्रम समेत बार्सिलोनामा गर्ने हालै निर्णय गरेको छ।
ज्ञापनपत्रका लागि स्पेनबाट नेपालीको जम्बो टोलि

दुताबास स्थापनाको दबाब लगायत दुई देश बीचको कुटनीतिक सुधारको पहलको रुपमा हेरिएको ज्ञापनपत्र बुझाउन स्पेनबाट नेपालीहरुको जम्बो टोलि रहेको छ।

अन्तरास्ट्रिय समन्वय परिषद्का सल्लाकार पुष्प राज तिमिल्सिना र सदस्य दिपक खरेल नेपाल पुगीसकेका छन्। यस्तै संघका अध्यक्ष एक राज गिरी तथा महासचिब सन्दिप मोहोन भट्टराई नेपाल जाने तयारीमा छन्।

यस्तै टोलीमा संघका सल्लाहकार तथा चितवन समाज स्पेनका अध्यक्ष प्रकाश तिमिल्सिना, कार्यसमिति सदस्यहरु प्रकाश भट्टराई,बसन्त नाथ रेग्मी,रोशन गुरुङ,क्षेत्रीय समिती ग्रान क्यानारियाका सल्लाहकार कृष्ण भुसाल पनि रहेका छन्।

यस्तै केन्द्रबाट गैरआबासीय नेपाली संघका महासचिब कुमार पन्त पनि सहभागी भएर संघको अभियानमा सघाउने भएका छन्।