नारायणी नदीमा डुबेका स्पेनिस नागरिक भिक्टोरको सकुशल उद्दार


चितवन/
नारायणी नदीमा डुबेका विदेशी नागरिकको शनिबार दिउँसो सकुशल उद्दार गरिएको छ ।
नारायणी नदी किनार प्रदर्शनी मैदानमा चितवन महोत्सव चलिरहेको बेला ३५ वर्षिय स्पेनिस नागरिक भिक्टोर रोडियारले उडाएको प्याराव्याटिक्स नारायणी नदीमा खसेको चितवनको अनलाईन पत्रिका नारायणी अनलाईनले जनाएको छ।

नेपाल प्रहरी विपद् व्यवस्थापन कुरिनटारकोटोलीले नदीमा गई तत्कालै भिक्टोरको उद्दार गरिएको शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख एसपी शम्भु उप्रेतीले जानकारी दिए । तत्कालै उद्दार भएकोले भिक्टोरको स्वास्थ्य अबस्था सामन्य रहेको प्रहरीले जनाएको छ।

 

महोत्सवमा कुनै घटना भएमा तत्काल उद्दारका लागि एम्बुलेन्स र शसस्त्र प्रहरीका जवानहरु खटाइएको छ ।
एसपी उप्रेतीले देवघाटन हुन लागेको माघे संक्रान्ति मेलामा उद्दारका लागि शसस्त्र प्रहरी जवान खटाइएने जानकारी दिए ।