राजपाक्षेलाई पराजित गर्दै श्रीलंकाको नयाँ राष्ट्रपतिमा सिरिसेना बिजयी


कुनै समय महिन्दा राजापाक्षेको सहयोगी रहेका मैथ्रिपाल सिरिसेना, राजपाक्षेलाई पराजित गरेर श्रीलंकाको राष्ट्रपति बनेका छन् ।

सिरिसेना राजापाक्षे मन्त्रिमण्डलमा स्वाथ्यमन्त्री थिए । श्रीलंकाको सत्तारुढ पार्टीको साथ छोड्नुअघि उनी श्रीलंका फ्रिडम पार्टीका प्रभावशाली नेता मध्ये एक थिए ।
उनी एक किसान परिवारबाट आएका हुन् र सिंहाली समुदायका हुन् । महिन्दा पनि श्रीलंकाको बहुसंख्यक सिंहाली समुदायबाटै आएका हुन् ।

विपक्षी गठवन्धनले राष्ट्रपतिको उम्मेदवारका रुपमा सिरिसेनाको नाम अन्तिम समयसम्म गोप्य राखेको थियो । २०१४ को नोभरम्बमा उनी श्रीलंका फ्रिडम पार्टीको महासचिव र राजापाक्षे सरकारका स्वाथ्यमन्त्री थिए । अक्टोबर २००८ मा तामिल टाइगरले गरेको आत्मघाती आक्रमणमा उनी मुस्किलले बचेका थिए । ६३ वर्षका सिरिसेना आमजनतामा स्वच्छ छविका मानिन्छन् । उनी मदिरा र धुप्रमान विरोधी छन् ।

उनी सिंहालीका साथै तमिल, मुस्लिम र इलाइ अल्पसंख्यकमा लोकप्रिय छन्, जसले राजापाक्षेको शासनकालमा उपेक्षीत महसुस गरेका थिएतमिल टाइगर्सविरुद्धको अभियानका अन्तिम दुई साता उनी रक्षामन्त्री थिए । यसको प्रयोग उनले सिंहाली मतदातामाझ आफ्नो प्रभाव वलियो बनाउन प्रयोग गरे ।

यसका बावजुत तमिलमा पनि उनको प्रभाव बलियो रहृयो । तमिलको प्रमुख संगठन तमिल नेशनल एलाइन्सले उसनलाई समर्थन गरेको थियो ।
सिरिसेनाले राजााक्षे सरकारप्रति २००६ बाट नै आफू असन्तुष्ट रहेको बताएका छन् । तर, प्रश्न उठछ कि किन फेरि सरकारमा निकै लामो समयसम्म बसेको त ?
-बीबीसी हिन्दी