खेलकुद पत्रकार मञ्च कास्कीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा न्यौपाने


पोखरा,/ नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको सोमबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि प्रेमनारायण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा सन्देश श्रेष्ठ, सचिवमा दिननाथ बराल, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा हिमाल लम्साल तथा सदस्यमा रञ्जन अधिकारी, रोहितराज पराजुली, विजय नेपाल, उमेश पुन र सुरेनकुमार सुशील रहेका छन्। समितिमा एक सदस्य पछि थप गरिनेछ। मञ्चमा चार जना पुरानै अनुहार हुन् भने बाँकी सबै नयाँ हुन्।

अध्यक्ष र उपाध्यक्षबाहेक सबै पदमा निर्विरोध भएको थियो। अध्यक्ष पदको लागि भएको निर्वाचनमा न्यौपानेले १८ मत ल्याइ विजयी भए भने प्रत्यासी सागरराज तिमिल्सिनाले १७ मत ल्याएका थिए।यस्तै उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा सन्देश श्रेष्ठले १९ मत ल्याएर निर्वाचित भए भने प्रत्यासी एकराज गिरीले १६ मत प्राप्त गरेका थिए। मञ्चका ३९ जना सदस्यमध्ये निर्वाचनमा ३५ जनाले मतदान गरेका थिए।चारजना अनुपस्थित थिए।

अध्यक्षमा निर्वाचित न्यौपाने सदस्य, कोषाध्यक्ष, सचिव हुँदै यसअघिको कार्यसमितिमा उपाध्यक्ष पदमा थिए। विगत डेढ दशकदेखि खेलकुद पत्रकाररितामासक्रिय न्यौपाने आदर्श समाज दैनिकका भाषा सम्पादक समेत हुन्।

नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशी संयोजक तथा दीपेन्द्र श्रेष्ठ र प्रकाश बराल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचनप्रक्रिया पूरा गरेको थियो।

तस्विर ः सुदर्शन रञ्जित