एनआरएन भवन निर्माणका लागी बेल्जियम बाट ४३ लाख संकलन


– बिष्णु सापकोटा
बेल्जियम /

गैरआवासीय नेपाली संघ आफ्नो केन्द्रीय भवन निर्माणार्थ बेल्जियमबाट ४३लाख रुपयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघराष्टीय समन्वय परिषद बेल्जियमले गत ०४ जनवारी आइतबार आन्त्रोपेनमा गरेको कार्यक्रमबाट सो रकम संकलन गरिएको हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा विभिन्न पेशा र व्यवसायमा संलग्न गैरआवासीय नेपालीहरुले स्वत स्फुर्त रुपमा सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा घलेले कुल १५ करोडको लागतमा काठमाण्डौमा निर्माण गर्न लागिएको उक्त भवन लागि अहिलेसम्म बिभिन्न देशहरुबाट गरि १७ करोडको सहयोग संकलन प्रतिबद्धता आईसकेको भने करिव ६ करोड एनआरएनको खातामा जम्मा भैसकेको र बाकी देशहरु सम्म पुगि २५ करोड सहयोग संकलन गर्ने लक्ष्यसहित आगामी मार्च सम्ममा संकलन कार्य पुरा हुने समेत बताएका थिए । साथै उक्त भवनमा केन्द्रीय कार्यालय, पुस्तकालय, सम्मेलनस्थल, आवासस्थल, सूचना केन्द्र लगायत गैरआवासीय नेपालीहरुका लागि आवश्य अन्य कुराको समेत स्थापना गरिने जनाएका छन् ।

कार्यक्रममा नेदरल्याण्डका आईसीसी सदस्य फणेन्द्र पन्त अध्यक्ष कृष्ण अधिकारी तथा पूर्व अध्यक्ष हरी पौडेल लगायतको उपस्थिति रहेको थियो भने गैरआवासीय नेपाली संघ नेदरल्याण्डको तर्फबाट भवन निर्माण सहयोग संकलन स्वरूप उक्त कार्यक्रम मार्फत दश लाख रुपयाँ सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो ।

unnamed

 

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद लक्जम्वरका अध्यक्ष रमेश तोयना समेत अन्य एनआरएनका पदाधिकारीको समेत उपस्थिति रहेको थियो । साथै एनआरएन भवन निर्माणमा लक्जम्वरको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएन यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, महिला कोअर्डिनेटर रजनी प्रधान, एनआरएन केन्द्रीय सल्लाहकार यूवराज गुरुङ, अष्ट्रेलियाकी महिला उद्यमी जमुना घले, भवन निर्माण समिति यूरोप संयोजक जानकी गुरुङ, च्यारीटीटाक्स फोर्स सदस्य सीता सापकोटा लगायत अन्य बिशिष्ठ ब्यतित्वहरु लगायतको समेत उपस्थिति रहेको थियो ।
10893472_10205344905759382_1492829400_n