भारतीय अपहरणकारी पोखराको लेकसाइडबाट पक्राउ


 

सागर राज तिमिल्सिना
पोखरा, /जिल्ला प्रहरी कार्यालय कास्कीले भारतीय अपहरणकारीलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको छ । लेकसाइडको हङकङ होटल र काहुबाट गरि ३ भारतीय र ३ नेपाली सहयोगी अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले भारतको नौतनहाका राजेन्द्र कसोधन, मर्हजन गुप्ता, राजेश कसोधन, कास्कीको सिक्लेस घर भएका रोहित सुनार, म्याग्दीका कमल पुनमगर र स्याङजा चिलाउने बासँका सुरज सेनलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले भारतका नौतनहाका गुरुदीप सिंह र अमृतपाल सिहलाई आइतबार गोरखाको मनकामना मन्दिरबाट अपहरण गरि लेकसाइडमा रहेको होटल हङकङमा राखेका थिए ।

६ जनालाई अपहरण गरेको भए पनि ४ जनालाई ३५ हजार लिएर छाडेका थिए । उनिहरु पोखरामा नयाँ वर्ष मनाउनका लागी पोखरा आएका थिए । सिहं दाजुभाई सगँ उनिहरुले ५० लाख रुपैया अपहरण मुक्तहुनका लागी मागेको प्रहरीले जानकारी दिएको छ । नेपाली सहयोगीहरुलाई उनिहरुले फिरौती बापत आएको रकमबाट २० प्रतिशत दिने गरि काममा लगाएको प्रहरीले जानकारी दिएको छ ।