रियल र बार्सिलोना स्तब्ध


म्याड्रिड (एएफपी), / – भ्यालेन्सियाले पछि परेको स्थिति उल्टाउँदै आइतबार रियल म्याड्रिडको निरन्तर जितको यात्रा २२ खेलमा टुंग्याइदिएको छ । स्पेनी ला लिगा त्यसको फाइदा बार्सिलोनाले लिन सकेन । बार्सिलोना डेविड मोयसको टिम रियल सोसिडाडसँग १-० ले हार्‍यो ।

जोर्डी अल्बाले सुरुमै गरेको आत्मघाती गोल बार्सिलोनाको हारका लागि पर्याप्त रह्यो । हुन त प्रशिक्षक लुइस एनरिकेले लियोनल मेसी र नेयमरलाई बेन्चमा राख्दै खेल सुरु गरेका थिए । क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा पेनाल्टीमार्फत गोल

गर्दै रियललाई २०१४ कै बाटोमा डोर्‍याउने संकेत दिएका थिए । तर,

दोस्रो हाफमा एन्टोनियो बारागन र निकोलस ओटामेन्डीले गोल गर्दै २-१ को जित दर्ता गर्दै भ्यालेन्सियालाई चौथो स्थानमा पुर्‍याए ।

अपि्रल ३०, २०११ यता बार्सिलोना र रियल एकै दिन पहिलोपल्ट हारेका हुन् । यसको अर्थ शीर्षस्थानको लस ब्लान्कोस -रियल) एक अंकको अग्रतासहित चिरपरिचित प्रतिद्वन्द्वी क्याटलन क्लब -बार्सिलोना) भन्दा अगाडि छ । ‘हामीले धेरै मौका पायौं,’ बार्सिलोनाका मिडफिल्डर जाभी हर्नान्डेजले भने, ‘तर, आत्मघाती गोलसहित खराब सुरुआत भयो र अन्त्यमा त्यही सजाय बन्यो । हामी यस्तो नतिजालाई योग्य थिएनौं ।’

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी थुप्रै अवसर गुमाएपछि मेस्टालामा महत्त्वपूर्ण अंक गुमाएको बताए । ‘हामी हार्ने टिम हो जस्तो लाग्दैन,’ उनले भने, ‘गोलका लागि भाग्यले साथ दिएन । अग्रता दोब्बर बनाउनेदेखि बराबरी गर्नेसम्मका थुप्रै अवसर पाएका थियौं ।’