आमहड्ताल फिर्ता नलिने ७ दलको निर्णय


काठमाडौं / सत्तारुढ दलले प्रक्रियामा गएर भए पनि नयाँ संविधान बनाउने बताइरहेकोबेला एमाओवादी लगायतका विपक्षी दलहरुले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय निर्णय गरेका छन् ।

बुधबार बसेको विपक्षी सात दलको बैठकले जनचाहना विपरितको संविधान बनाउने तयारी गरेको भन्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास हात्तिवनमा संविधानसभामा प्रतिनिधित्व गर्ने एमाओवादी, मधेसवादी लगायत विपक्षी दलका नेताहरुको बैठक बसेको थियो ।

बैठकपछि  कुरा गर्दै सदभावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले सरकार विरुद्ध आन्दोलन जारी राख्ने बताए । उनले यसअघि घोषित आमहड्ताल लगायतका आन्दोलनका कार्यक्रम फिर्ता नलिने स्पष्ट पारे ।

संविधानसभा भित्रका १९ र बाहिरका ११ दलले संयुक्त मोर्चा बनाएर १९ पुसदेखि माघ ५ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै छन् ।
वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने कर्णले जानकारी दिए ।

-onlinekhabar