बालुवाटारमा ओली र प्रचण्डको गोप्य भेट


काठमाडौं / सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा गोप्य भेट भएको छ ।

प्रमुख चार दलका शीर्ष नेताहरुको बुधबार साँझ बसेको बैठकमा दलहरुबीच तिक्तता बढेको भन्दै विश्वासको वातावरण बनाउने सहमति भएको छ ।
चार दलीय छलफल लगतै ओली र प्रचण्डबीच झण्डै ४५ मिनेट गोप्य कुराकानी भएको हो ।
गत शनिबार बालुवाटार बैठक भाँडिएपछि ओली र प्रचण्डबीच सार्वजनिक रुपमै वाकयुद्व सुरु भएको थियो, जुन चार दलको बैठक अघिसम्म जारी रहृयो ।
बालुवाटार जानुअघि ३० दलले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ओलीलाई राजतन्त्रको स्थान लिन खोजेको आरोप लगाएका थिए । मंगलबार चार दलको बैठकमै नगई ओलीले प्रचण्डलाई नाटकघरले किन लगेन भनेर टिप्पणी गरेका थिए ।
तर, बालुवाटार बैठकमा दुई नेताबीच सहज रुपमा छलफल भएको नेताहरुले बताएका छन् ।
-onlinekhabar