कस्केली तमुहरुले तमुवानको माग गर्दै ल्होछार मनाउने


– हुम तमु
पोखरा/
तमु जातिको महान पर्व, नयाँ बर्ष भेडा वर्ग(ल्हु ल्हो) ल्होछार÷ल्होसार कस्केली तमुहरुले तमुवानको मागसहित धुमधामका साथ सामुहिक रुपमा मनाउने भएको छ ।
विगत तीन वर्ष देखि सामुहिक रुपमा ल्होछार÷ल्होसार मनाउदै आएको कस्केली तमुहरुले पुस १४ गते बृहत शुभकामना मोटर साईकल र्याली र पुस १६ गते चिप्लेढुंगाबाट झाँकीसहित बृहत शुभकामना र्याली शुरु गरी नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा पुगी मुल समारोहमा परिणत हुने भएको छ ।

तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार÷ल्होसार नेपाली राष्ट्रिय पहिचान मुल नाराका साथ मनाईने सामुहिक ल्हु ल्होछार÷ल्होसार आगमनको अवसरमा पुस १४ गते पोखरा नयाँबजारस्थित तमु धिं नेपालको प्रांगणबाट शुभकामना मोटरसाईकल र्याली गरिने शुरु गरी पोखरा नगरी परिक्रममा गर्दै बौद्ध अर्घौं सदन हुदै तमु प्ये ल्हु संघमा पुगी समापन गरिने भएको छ । उक्त र्यालीको संयोजन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीका संरक्षक धर्म तमुले गर्नुहुने भएको छ ।

तमुवानको माग सहित मनाइने पर्वको अवसरमा पुस १६ गते पुर्वान्ह साढे दश बजे पोखराको चिप्लेढुंगाबाट झाँकीसहित बृहत शुभकामना र्याली शुरु गरी भिमसेनचोक, नयाँबजार हुदै पोखरा प्रदर्शनी केन्द्रमा पुगी ल्हु ल्होछार÷ल्होसार समारोहमा परिणत हुने भएको छ । कार्यक्रम आदिवासी जनजातिका आन्दोलनका अगुवा, पुर्व मन्त्री इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यमा हुने मुल आयोजक समितिका संयोजक क्या.रुपबहादुर गरब्ज तमुले जानकारी दिनुभयो ।

जुलुसमा सहभागी झाँकीहरुमा प्रथम हुनेलाई ७ हजार, द्धितियलाई ५ हजार, तेश्रोलाई ३ हजार र सान्त्वना हुने दुई समुहलाई एक हजार पाँच सय, एक हजार पाँच सय रुपैयासहित पुरस्कृत गरिने भएको छ ।
कास्कीका क्रियाशील १४ तमु संघसंस्थाहरुले मनाउने सामुहिक कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि तमु धिं नेपालका कोषाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ संयोजक, तमु प्ये ल्हु संघका कोषाध्यक्ष र बौद्ध अर्घौ सदनको कोषाध्यक्ष सदस्य रहेको आर्थिक उपसमिति, झाँकी उपसमिति संयोजकमा तमु धिं नेपालका महासचिव रुद्रकुमारी गुरुङ(मैना), साँस्कृतिक उपसमिति संयोजक गुरुङ फिल्म एशोसिसन नेपाल(जिफान)का अध्यक्ष बेदबहादुर गुरुङ श्याम, सहसंयोजकहरुमा तमु साँस्कृतिक प्रतिष्ठानका श्रीजंग गुरुङ, तमु प्ये ल्हु संघ युवा समितिका अध्यक्ष सिर्जना गुरुङ, मञ्च व्यवस्थापन उपसमितिमा तमु प्ये ल्हु संघका प्रथम उपाध्यक्ष हितकाजी गुरुङ संयोजक र तमु धिं नेपालका रुद्रबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका विजय गुरुङ रहनु भएको छ ।

यसरी नै प्रचार प्रसार संयोजकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका अध्यक्ष तथा कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङ सयोजक र तमु सञ्चारकर्मी संघ रहेको प्रचार प्रसार उपसमिति, तमु धिं नेपालका केन्द्रीय सदस्य हिरा गुरुङ संयोजक, तमु ह्युला छोंज धिंकी विष्णु गुरुङ, तमु प्ये ल्हु संघ आमा समितिका अध्यक्ष पुष्पा गुरुङ सदस्य रहेको अतिथि सत्कार उपसमिति, झाँकी मुल्यांकन समितिको संयोजकमा तमु धिं नेपालका सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङ, साउण्ड सिस्टम संयोजक तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ रहनु भएको तमु प्ये ल्हु संघ केन्द्रीय समितिका सचिव शान्ति गुरुङले जानकारी दिनुभयो ।

यसरी नै बुधवार कास्कीका क्रियाशील तमु संघ संस्था, राजनीतिक संगठनहरुको बैठकले २०७२ सालमा कास्कीमा सामुहिक ल्होछार÷ल्होसार भव्यताका साथ मनाउन तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको मुल संयोजक रुपबहादुर गरब्ज गुरुङले जानकारी दिनुभयो ।

ल्हु ल्होछार÷ल्होसार मनाउँदा उक्त कार्यक्रमहरुलाई असर पार्ने गरी कार्यक्रमहरु आयोजना नगरीदिन हुन मुल आयोजक समितिले कस्केली तमु संघ संस्थाहरुलाई अनुरोध गर्दै सामुहिक कार्यक्रमलाई भव्य र सभ्य बनाउन साथ सहयोगको समितिले आग्रह पनि गरेको छ ।