बार्सिलोनामा क्रिसमसको तामझाम, शहर झिलिमिली (फोटोफिचर सहित)


– बसन्त रानाभाट
बार्सिलोना
ईसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको तामझामले स्पेनको बार्सिलोना शहर ढपक्क बलेको छ। पर्यकीय शहर बार्सिलोनामा झिलिमिली सजाईएका बिधुतिय बत्तीहरु ले छुट्टै रौँनकता छाएको हो।

जिसस क्राइस्टको जन्म भएको दिन डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्ष क्रिसमस मनाइने गरिन्छ । बासिलोनाका प्लासा स्पानिया,,प्लासा कातालोनिया, ला राम्ला, जोना दे ग्रासिया, डियागोनाल,पोर्ट ओलम्पिक लगायत ठाउहरुमा झिलिमिली बिधुतिय बत्तीहरु जडान गरी सजी सजावट गरिएको छ।

बार्सिलोनाबासि नेपालीहरु पनि क्रिसमसको समयमा शुभकामना आदान प्रदान गरेका छन्। सार्बजनिक बिदा भए पनि कतिपयको कामबाट फुर्सद नमिल्ने हुदा आफ्नो अनुकुल समयमा मनाउने तयारी गरेका छन्। बिदेशमा रहेका नेपालीहरुले क्रिसमसको समयमा घर घरमा साथीभाई सँग जमघट गरेर,बजारमा घुमफिर गर्दै,उपहारहरु आदान- प्रदान गर्दै,बालबच्चाका साथ रमाइलो गर्दै पारिबारिक बाताबरणमा मनाउने गर्दछन् । सबै समुदाय, क्षेत्र र धर्मका आप्रबासीहरुको बर्चस्व रहेको बार्सिलोनामा क्रिसमसको पार्टी गरि रमाइलो गर्ने गरेको पाईन्छ।

10884686_889402341093927_920767179_n

गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनका युबा संयोजक लक्ष्मण शर्माले युवाहरुमा क्रिसमस भन्ने बित्तिकै एउटा छुट्टै उत्साह हुने बताउछन्। उनले भने “हाम्रो धर्म र सस्कृति फरक छ तर पनि सबै धर्मका आ -आफ्नै बिशेषता बोकेका पर्वहरुलाई हामीले उत्तिकै सम्मान गर्नु पर्छ। नेपालमा तामझामका साथ मनाईने क्रिसमसको बिदेशमा त झन् रौनकता त हुने नै भयो शर्माले बताए।

बार्सिलोना कै प्लासा सान्ट जाउमेमा भने क्रिसमस लागि नै भनी कृतिम बगैचा निर्माण गरिएको छ। क्रिसमसको ईतिहासलाई समेटेर बनाईएको सो बगैचा हेर्नको लागि हजारौ स्थानीय तथा बिदेशी पर्यटकहरुको घुईचो लागेको छ।

 

10881266_889401894427305_1108119369_n10846844_889402617760566_358213304_n10887742_889402524427242_2074136581_n-210866649_889402987760529_1215043154_n10884761_889429974424497_2138364590_n10887860_889402361093925_856249055_n