लगातार २२ औं जित सँगै, क्लब वर्ल्डकप पनि रियलको कब्जामा


काठमाडौं / स्पेनिस जाइन्ट रियल मड्रिडले फिफा क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल भिन्डन्तमा रियल मड्रिडले साउथ अमेरिकन च्याम्पियन सान लोरन्जालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
सन् २०१४ मा रियल मड्रिडले चार उपाधि जितिसकेको छ । च्याम्पियन्स लिग, कोपा डेल रे र युरोपियन सुपर कप उसले जितिसकेको थियो ।

मोरक्कोमा भएको फाइनल भिडन्तमा रियल मड्रिडले ३७ औं मिनेटमा सर्जिओ रोमासको हेड गोलबाट अग्रता लिएको थियो ।
५१ औं मिनेटमा अर्जेन्टिनी क्लबका गोलकिपरको गल्तीको फाइदा उठाउँदै ग्यारेथ बेलले अग्रता दोब्बर पारे । यो रियल मड्रिडको सबै प्रतियोगितामा गरी लगातार २२ औं जित समेत हो ।

10857937_10150749939034953_8264729738684689371_n