एमाले अध्यक्ष ओलीले एण्डोराको भ्रमण गर्ने ( युरोप भ्रमण तालिका सहित )


– बसन्त रानाभाट
बार्सिलोना/

नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पेन र फ्रान्सको बिचमा रहेको युरोपको छैटौ सानो मुलुक एण्डोराको भ्रमण गर्ने भएको छन्। आफु पररास्ट्र मन्त्री हुदा दौत्य सम्बन्ध स्थापना गरेका ओलीले पर्यटनले राम्रो सँग फस्टाएको युरोपियन मुलुकको भ्रमण गर्न लागेका हुन्।
जनवरी ५ तारिक भ्रमणका क्रममा एण्डोराका परराष्ट्र मन्त्री गिलबेट साबोईया सुने लगायत सरकारी उच्चपदस्त अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रबासी नेपाली मन्च स्पेनका सस्थापक अध्यक्ष एबम संरक्षक पुष्प राज तिमिल्सिनाले भेट बार्ताको लागि सम्पूर्ण तयारी पुरा भईसकेको बताएका छन्। उनले नेपालीनेपाली डटकमलाई भने,”अध्यक्ष ज्यूले परराष्ट्र मन्त्रीसँग भेट्ने कार्यक्रम तय भईसकेको छ,त्यस पछि स्पेनका उद्दोगी ब्यबसायीहरुसँग पनि भेटबार्ता गर्नु हुनेछ।”

Andorramap

८० प्रतिशत भन्दा बढी प्रर्यटन क्षेत्रबाट नै आम्दानि गर्ने एण्डोरामा बर्षनी करिब १ करोड बिदेशी प्रर्यटक भित्रने गरेका छन्। मुख्य रुपमा कातालान, स्पेनिस,प्रोतुगिस र फ्रेन्स भाषाहरु बोलिने देशको जनसंख्या करिब ८६ हजार मात्र छ। देशको कुल क्षेत्रफल ४ सय ६८ बर्ग किलोमिटर रहेको एण्डोरा प्रर्यटनका लागि एक नमुना राष्ट्र मानिन्छ। प्रवासी नेपाली मञ्च डेनमार्कको अधिबेशनलाई उद्घाटन गरे पछि ओली स्पेन आउने कार्यक्रम रहेको छ। प्रबासी नेपाली मञ्च स्पेनको तेस्रो अधिबेशनलाई पनि ओलीले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ओलीको सम्मानमा एनआरएनए र नेपाली जनसम्पर्क समिति स्पेनले पनि छुट्टाछुट्टै चियापान कार्यक्रमको तय गरिसकेका छन्।
तेस्रो अधिबेशन प्रचार प्रसार उप समितिका संयोजक लक्ष्मण शर्माले नेपालीनेपाली डटकमलाई उपलब्ध गराएको ओलीको युरोप भ्रमण तालिका
जनवरी २ तारिक,शुक्रबार
– नेपालबाट डेनमार्कको कोपेनहेगनमा साँझ आईपुग्ने
जनवरी ३ तारिक शनिबार
– बिहान कोपेनहेगनको निरिक्षण भ्रमण
– दिउसो प्रबासी नेपाली मञ्च डेनमार्कको अधिबेशनको उद्घाटन गर्ने,
– बेलुकी प्रबासी नेपाली मञ्च डेनमार्कका कार्यकर्तालाई प्रशिक्षण तथा रात्रिभोज
जनवरी ४ तारिक आईतबार
-बिहान ९.३० बजे बार्सिलोनाको प्रात अन्तरास्ट्रिय बिमान स्थलमा अवतरण
-दिउसो (१ बजे साँझ ५ बजे सम्म) बन्द सत्र र खुल्ला सत्र (साँझ ५ बजे देखि १० बजे सम्म) प्रबासी नेपाली मञ्चको अधिबेशनमा प्रमुख अतिथिको रुपमा सहभागी
-राति १० बजे – कार्यकर्तालाई प्रशिक्षण तथा रात्रिभोज
जनवरी ५ तारिक सोमबार
-बिहान – युरोपको छैटौ सानो मुलुक एण्डोराको भ्रमण
-दिउसो– एण्डोराका परराष्ट्र मन्त्री गिलबेट साबोईया सुने सँग भेटबार्ता/ स्पेनका उद्दोगी ब्यबसायीहरुसँग छलफल
– साँझ – एनआरएनए स्पेनको चियापानमा सहभागी
जनवरी ६ तारिक मंगलबार
-बिहानरेडियो स्पेन नेपालसँग अन्तरबार्ता / अन्तरबार्ता पछि नेपाली जनसम्पर्क समिति स्पेनको चियापानमा सहभागी
दिउसो– नेपाल प्रस्थान