सभासद खड्काको १३औं पुण्यतिथिमा स्पेनमा शोक सभा


– बसन्त रानाभाट
बार्सिलोना
बागलुङ् स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले खोलेको गल्कोट समाज स्पेनले नेपाली काग्रेसका सभासद हरिबहादुर खड्काको १३औं पुण्यतिथिमा शोक सभा आयोजना गर्ने भएको छ।जिप दुर्घटनामा परी असामयिक निधन भएका बाग्लुङ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सभासद खड्काको सम्झनामा शनिबार बार्सिनोलोमा शोकसभा आयोजना गर्न लागेको हो।

बागलुङ् नेपाली काग्रेसका सचिब समेत रहेका खड्काको निधनले सबैलाई स्तब्ध पारेको बताउदै  सभा आयोजना गरिएको समाजका महासचिब हिरालाल सापकोटाले नेपालीनेपाली डटकमलाई बताए। उनले दुखत घडीमा स्पेनबासि नेपालीहरुलाई शोक सभामा सहभागी हुन अनुरोध गरेका छन्।
समाजका अध्यक्ष रामप्रसाद चालिसेले आफ्नै जिल्लाको एक ईमान्दार नेता गुमाएकोमा दुखित बनाएको बताउदै १३ औं पुण्यतिथिमा  पुन: श्रदान्जली ब्यक्त गरिने बताए। सभामा स्पेन स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई लगायत स्पेनबासि नेपाली समुदायको उपस्थिति रहने बताइएको छ।

सभासद् खड्काको उपचारको क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुदा उनी गंभिर घाइते बनेका थिए। बि.स. २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

10872519_1054535311239429_469586317_n
शोक सभा बारे पूर्ण बिबरण
मिती :- २० डिसेम्बर,२०१४ शनिबार
समय :- अपरान्ह ४:३० बजे
स्थान: CALLE VILADOMAT 80,08015 BARCELONA-MOUNT EVEREST RESTAURANT, Merto L3 parallel ,L2/L3 poble sec,Sant antoni /L2,Rocafort