प्रबासी नेपाली मन्च स्पेनको नयाँ कार्यसमतिको चर्चा कस्तो छ त ?


– बसन्त रानाभाट
बार्सिलोना
प्रबाशी नेपाली मन्च स्पेनको तेस्रो अधिबेशन नजिकै गर्दा नयाँ कार्यसमिति चयनको लागि रस्साकस्सि चलेको छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नै आएर उद्घाटन गर्ने भएपछि अधिबेशनले चर्चा बटुलीरहेको बेला नयाँ कार्यसमितिको चयनको लागि रस्साकस्सि चलेको हो।
मंचका अध्यक्ष मुक्त बहादुर गुरुङले पुन अध्यक्षमा दाबी भने नगर्ने पक्का भएको छ। गुरुङले नेपाली नेपाली डटकम सँग कुराकानी गर्दै भने, “काम गर्ने अन्य साथिहरुलाई मध्यनजर गर्दै अर्को कार्यकाल नदोहोराउने निर्णय गरे नयाँ साथीहरु नेतृत्व लिन सक्षम हुनु हुन्छ उहाहरुले नै पाउनु पर्छ।”  गुरुङले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिदै यस्तो बताए।
अध्यक्ष गुरुङले दाबा नगरे पछि बर्तमान महासचिब दिनेश गुरुङले आगामी कार्यसमितिको लागि अध्यक्षमा दाबी गरेका छन्। उनले भने,”बर्तमान अध्यक्ष र उपाध्यक्ष ईच्छुक नभए पछि,बरियताक्रम अनुसार पनि आफु यसमा योग्य भएको बताए। समन्वय समितिमा आफ्नो भिजन सहितको कुरा राखेको र स्थापनाकाल देखिनै सक्रिय रुपमा काम गरेकोले नेतृत्व लिन ईच्छुक रहेको बताएका छन्।

यता प्रबाशी नेपाली मंचका पुर्ब महासचिब दिपक खरेलले भने “सस्थालाई सुदृढ बनाउनको लागि मेरो हिजो पनि अध्यक्षमा दाबी थियो आज पनि छ भोलि पनि रहनेछ ” आईसीसी सदस्य समेत रहेका खरेलले आफु जता बसेर भए पनि सस्थाको हितमा काम गर्न तयार रहेको समेत बताएका छन्।

मन्चको उपाध्यक्ष पदको लागि ओमर गुरुङ,हेम शेर्पा र हेमन्त रानाभाटको नाम चर्चामा रहेको छ। शेर्पा र गुरुङ यस अघि पनि उपाध्यक्ष पदमा रही काम गरिसकेका छन्। मन्चको बिधानमा एक जना मात्र उपाध्यक्ष हुन सक्ने प्राबधान रहेको छ।

मैले अध्यक्ष आटेको हु बिधानले नदिए पछि मेरो दाबि उपाध्यक्षमा नै हो, एनआरएनए स्पेनका कोषाध्यक्ष समेत रहेका रानाभाटले भने “बिगतको कार्यकालमा राजनीतिक संगठनबाट राजीनामा दिई जातीय संगठनमा गएर काम गरेकाहरुलाई पुन उपाध्यक्षमा बस्ने नैतिक आधार नरहेकोले मेरो दाबी रहेको हो।

तर आधिकारिक रुपमा शेर्पा र गुरुङले उपाध्यक्षमा पुन बस्ने वा नबस्ने बारे कुनै प्रतिक्रिया जनाएका छैनन्। तर स्रोतका अनुसार उनीहरु उपाध्यक्षमा पुन समन्वय समितिको छनोटमा पर्ने सम्भाबना रहेको बताईएको छ । समन्वय समितले आबश्यक परे बिधान संशोधन गरि उपाध्यक्षको संख्या बढाउने सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
यस्तै महासचिब पदका लागि भने लक्ष्मण शर्मा,राम कडेल र दिनेश राज रेग्मीले दाबी गरेको चर्चा चलेको छ।

मन्चका सस्थापक अध्यक्ष एबम संरक्षक पुष्प राज तिमिल्सिनाले कामको दक्षता र निरन्तरताको आधारमा नै पदाधिकारी चयन हुने बताएका छन्। रेडियो स्पेननेपाललाई बिशेष अन्तरबार्ता दिदै उनले भने,”समन्वय समितिले बिबेक पूर्ण ढंगले काम गरेको छ समितिमा नै दुई तिहाई भन्दा बढीको समर्थन भए बहुमतले चुनेको नै मान्य हुनेछ।” तर चयन भएको नयाँ कार्य समितिका बहुमत भन्दा बढी सदस्यहरुले मान्य नहुने भनेको खण्डमा मात्र चुनाबमा जान सकिने तर एक दुई जनाको बिरोधले मात्र निर्बाचन गर्न नसकिने बताएका छन् । तिमिल्सिनाले कुनै एक पदमा धेरैको दाबि आयो भने कसरी समन्वय गर्नु हुन्छ भनी सोधिएको प्रश्नमा यस्तो जबाफ दिएका हुन्।

तर समन्वय समिति कै अर्का सदस्य पुष्प केसीले समितिले सबैलाई समन्वय गरेर लानुपर्ने बताउदै भने,”यदी मिलाएर लान सकिदैन,एउटै पदमा धेरैको दावा छ भने त्यस्तो अवस्थामा समन्वय समितिको निर्णय नमानिकन चुनावमा जान सक्ने परिस्थिति हुन्छ, यसको लागि सबै तयार हुनुपर्ने केसीले बताएका छन्।
मन्चले केदार नाथ ढुङ्गानाको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन समिति पनि गठन गरेको छ।  यस्तै अध्यक्ष मुक्त बहादुर गुरुङ कै संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ।

जनवरी ४ तारिक बार्सिलोनामा हुने तेस्रो अधिबेशन सफल बनाउनको लागि उपसमितिहरुमा सास्कृतिक कार्यक्रम र मंच ब्यबस्थापनको लागि ओमर बहादुर गुरुङ,अतिथि सत्कारमा हेम शेर्मा,खाना ब्यबस्थापनको लागि हेमन्त रानाभाट,आर्थिक समितिमा दिनेश गुरुङ,प्रचारप्रसारको लागि लक्ष्मण शर्मा र स्वयंसेवक परिचालनका लागि दिपक भट्टराई रहने गरि संयोजकहरु तोकिएको छ।