जनसम्पर्क समिति स्पेनद्वारा क्रियाशिल सदस्यता बितरणमा खुल्ला


– बसन्त रानाभाट
बार्सिलोना/
नेपाली जनसम्पर्क समिति स्पेनले क्रियाशील सदस्यता बितरण खुल्ला गर्ने निर्णय गरेको छ । नेपाली काग्रेसको महाधिबेशनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको समितिले जनाएको छ। स्पेनबासि नेपालीहरुलाई १ महिना भित्र समितिको कार्यालयबाट वा कार्य समितिका पदाधिकारीहरु सँग सम्पर्क गरि फर्म भर्न समेत समितिले आह्व्वान गरेको छ।

समितिका अध्यक्ष शालिक राम डुम्रेले काग्रेसको बिधान अनुसार ५ सय सदस्य बितरण गरेमा एक निर्बाचन क्षेत्र अनुरुप मान्यता पाईने हुदा बितरणलाई तिब्रता दिने बताए।डुम्रेले नेपालीनेपाली डटकमलाई भने “स्पेनको हकमा यो सम्भव पनि छ तसर्थ हामी यसका लागि बार्सिलोना बाहिरका शहरहरुमा पनि सम्पर्क बढाएर संगठनलाइ मजबुत बनाउने छौ। समितिको आगामी अधिबेशनको लागि पनि अन्त्यन्तै जरुरी भएकाले सदस्यता बितरणलाई प्राथमिकता दिईएको डुम्रेले बताए।

समितिले नेपालमा हुदा नेपाली काग्रेस वा भात्रि संगठनमा रही काम गरेको वा बिदेश आए पछि पनि समिति प्रति आस्थावान भई योगदान दिएकाहरुलाई सदस्यता बितरण गर्ने भएको छ । सदस्यताको लागि २५ डलर शुल्क समेत लाग्रे समतिले जनाएको छ।

समितिको मंगलबार बसेको नियमित बैठकले जीप दुर्घटना परि असामायिक निधन भएका नेपाली काग्रेसका सभासद तथा बागलुङ् जिल्लाका सचिव हरि बहादुर खड्का प्रति समबेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।
साथै समितिका पुर्ब कार्यसमिति सदस्य सन्त बहादुर क्षेत्री म्याग्दी समाज स्पेनको अध्यक्षमा सर्बसहमत निर्बाचित भएकोमा बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गरेको छ।