१२ नेपालीको अमेरिका सपना गुयाना जेलमा,घर फर्कन उल्टो ३० लाख तिर्नु पर्ने


काठमाडौ / अवैधरुपमा अमेरिका छिर्ने योजनामा रहेका रहेका १२ जना नेपालीलाई दक्षिण अमेरिकी मुलुक गुयानामा जनही ३० लाख रुपैयाँ जरिवाना सुनाइएको छ ।
अबैधरुपमा आफ्नो मुलुक प्रवेश गरेको भन्दै त्यहाँको स्थानीय अदालतले जनही ३० हजार अमेरिकी डलर जरिवाना सुनाएको गुयनाटाइम्स अनलाइनले जनाएको छ ।
जरिवाना तोकिएका नेपालीहरुमा नर्वु शेर्पा, शंकर सापकोटा, विनोश जिसी, प्रकाश अली खान, तेन्जी शेर्पा, तेन्जी छेर्पिङ्, सीताङ् गुरुङ्, धनराज तिम्सिना, भिल्ली पौडेल, कुन्जाव गुरागाइँ र प्रकाश नेपाली रहेको प्रहरीले जनाएको छ ।

अदालतले उनीहरुलाई जरिवानाबापतको रकम तिर्नका लागि दुई साताको समय दिएको छ ।
गत नोभेम्बर १५ तारिखमा पक्राउ परेका उनीहरुलाई डिसेम्बर ८ मा अदालत पेश गरिएको थियो । उनीहरुलाई जरिवाना नर्तिदासम्म हिरासतमै राख्न पनि अदालतले आदेश दिएको छ ।

arrest-guyana-2
अवैध तरिकाले गुएना पुगेका उनीहरुसँग भेनेजुयला प्रवेश गर्ने भिसा नभएपछि गुएनामा पक्राउ परेका हुन् । अदालतसमक्ष गल्ती स्वीकार गरेपछि सजायँ तोकिएको हो । जरिवाना तिरेपछि नेपाल फर्काउन आदेश दिएको अदालतले त्यतिन्जेलसम्म उनीहरुलाई हिरासतमा राख्न भनेको छ ।

पछिल्लो समयमा अफि्रकी र दक्षिण अमेरिकी मुलुकको बाटो हुँदै अबैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने नेपालीहरु पक्राउ पर्ने क्रम बढिरहेको छ । पछिल्ला ६ महिनायता एक सयभन्दा बढि नेपाली बिभिन्न मुलुकमा पक्राउ परिसकेका छन् ।
तस्वीरः इनन्यूजगुयना
guyana