शर्त सहित योगेन क्षेत्री एनआरएनए युकेको पद हस्तान्तरण गर्न तयार


लण्डन /
एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले सहमतिका बुंदाहरु पालना गर्दै महेन्द्र कंडेलले सदस्यहरुको पुर्ण विवरण पेश गरेमा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जनाएका छन्।
एक बिज्ञप्ति जारि गर्दै एनआरएन युकेमा देखापरेको आर्थिक पारदर्शिताको बिषय टुंगो लागेमा र वैधानिक तरीकाबाट नेृतृत्व हस्तान्तरणको पहल गरिएमा आफु तयार रहेको बताएका हुन्।

प्रेश विज्ञप्तिको पूर्णपाठ 

आदरणीय बेलायतबासी नेपालीहरु तथा पत्रकार साथीहरु
गैरआवासीय नेपाली संघ यूकेमा बिगत केही महिना देखी उत्पन्न परिस्थितीको बारेमा त तपाईहरुलाई अवगत नै छ । हामी सन् २०१३ अगष्ट १७ तारिखका दिन एनआरएन यूकेको पांचौ अधिवेशनमा भाग लिन चाहने सदस्यहरुको नामावली बुझाउने अन्तिम चरणमा थियौं । तत्कालीन कार्यसमिति तथा निर्वाचन समितिको निर्देशन बमोजिम हामी सबैले तोकिएको सयम भित्र सदस्यता फारम निर्वाचन समितिलाई बुझाएको स्मरण गराउन चाहान्छु । सोही दिन एनआरएन यूकेको नाममा केही समूहले निर्वाचन प्रकृयालाई छोडेर हिडेको सबैलाई अवगत नै छ । निर्वाचन भएमा पराजित हुने ठहर गर्दै सो समूहले निर्वाचन छोडर छुट्टै समूह गठन गर्न लागेको थियो । नेपाली समूदायको एकताका लागि औपाचारिक तथा अनौपाचारीक गरि पटकपटक छलफल भए । तर सो समूह बैधानिक धारमा आउन चाहेन ।
। हामीसंग निर्वाचन समितिले तोके बमोजिम सन् २०१३ सेप्टेम्बर १५ तारिखमा अधिवेशन गर्नुको अर्को बिकल्प थिएन । सो अधिवेनशले मलाई सर्वसम्मतबाट एनआरएन यूकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्यो । एनआरएन अन्तराष्ट्रिय परिषदका वर्तमान अध्यक्ष शेष घले समेतको उपस्थितीमा अधिवेशन भब्य रुपमा सम्पन्न भयो । निवर्तमान अध्यक्ष जीवा लामिछानेले समेत सोही अधिवेशनमा भिडियो सन्देश मार्फत संस्थालाई विधी र प्रकृयामा राखेर एकताबद्ध भएर आगाडी बढ्न निर्देशन दिनु भयो । त्यसले मलाई संघ भित्र काम गर्ने थप हौसला मिल्यो । सोही दिन एनआरएन यूकेको नाममा भएको एक भेलाले छुट्टै अधिवेशन गरेको प्रचारबाजी गरियो तर त्यो बास्तवमा एनआरएन यूकेको आधिकारी भेला थिएन जुन तथ्य सबैमा जगजाहेर छ । आम नेपाली समूदायमा एनआरएन यूके फुटेको गलत समाचार प्रेषित हुन गयो । त्यसले सबै गैरआवासीय नेपालीहरुको मन दुख्यो । सबैलाई समेटर एकताबद्ध भएर अगाडी बढ्नुको अर्को बिकल्प थिएन । तत्तकालीन एनआरएन आइसीसीको पदाधिकारी बैठकले सेप्टेम्बर २५ तारिखमा एक पत्र लेख्दै बाटो बिराएकाहरुलाई बिभिन्न पद सृजना गरि अगाडी बढ्न निर्देशन दिएको थियो । त्यो नै एनआरएन यूकेको विवादका सम्बन्धमा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदको आधिकारीक निर्णय थियो ।
बाटो बिराएर हिडेको समूहलाई मुलधारमा ल्याउन बिभिन्न प्रयास भए । त्यसैको फलस्वरुप गतबर्ष सेप्टेम्बर २९ का दिन प्राध्यापक सुर्य सुवेदीको सकृयतामा सहमितको प्रयास भयो । गैरआवासीय नेपाली अभियानको भविष्य र बेलायत स्थित नेपाली आम जनसमूदायको एकता र भाइचारा नखलबलियोस भन्ने उद्धेश्यले आइसिसिमा लगेर अनुमोदन गर्नेगरी सम्झौताको प्रस्तावमा हामी पुग्यौं । सो सहमतिमा हस्ताक्षर गर्ने सबै जनाले आफ्नो स्थानबाट सबै बुदाहरुको कार्यन्वयन गर्नु पर्ने कर्तब्य थियो । तर महेन्द्र कंडेल समूहले सम्झौतालाई पालना गर्ने कुनै चेस्टा गरेन । सामान्य कुराहरु जस्तै उमेद्धवारी शुल्क, सदस्यता बिवरण समेत बुझाउने प्रयास समेत गरेन । उनले एनआरएन युकेको एक गरिमामय कार्यक्रम काउन्सिल बैठक समेत कंडेल पक्षको भेला भनी बोलाएर समाजलाई दिग्भ्रमित पार्ने काम गरे । संस्थाको हित र एकतामा भन्दा सो समूहको आंखा अध्यक्ष पदमा मात्र रहिरहयो । सो सहमति बिपरीत महेन्द्र कंडेलले सहअध्यक्षको भुमिका निवाह गर्नुको सट्टा अध्यक्षको हैसियतले एनआरएनका क्षेत्रिय तथा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिए । त्यसले एनआरएन युकेको फुटलाई अझ मलजल गरयो । संस्थालाई एकताबद्ध राख्न उनको कुनै भुमिका देखीएन । त्यसको फलस्वरुप समानन्तर समितिकै अध्यक्षका रुपमा उनी देखिए । उनले सेप्टेम्बर २९ को सहमति बारम्बार लत्याएको बारेमा मौखिक तथा लिखित उजुरी अनुशासन कमिटिका अध्यक्ष प्राध्यापक सुर्य सुवेदीलाई दिंदा पनि त्यसको कुनैं सुनुवाई भएन।
म एनआरएनएका केन्द्रीय पदाधिकारीहरु समेतको उपस्थितीमा महाअधिवेशनबाट निर्वाचित अध्यक्ष भएका नाताले अर्को अधिवेशन नभए सम्म संस्थालाई बिच बाटोमा अलपत्र पार्न मिल्दैन भन्ने बिचारका साथ नेतृत्वमा रहदै आएको छु। यद्यपी गत बर्ष सेप्टेम्बर २९ मा भएको सम्झौतालाई सबै पक्षबाट पूर्णरुपमा पालना भए बैधानीक बाटो मार्फत नेतृत्व हस्तान्तरण गर्न तयार रहेको अवगत गराउन चाहान्छु । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदले समेत मलाई अध्यक्ष पदमा यथावत रहि निरन्तर काम गर्न परिपत्र गरिसकेको अवस्थामा सिधै पद छोडी हाल्न समेत कुनै बाटो देखिएन । त्यसैले एनआरएन आइसीसीद्धारा कुलचन्द्र गौतमको अध्यक्षतामा गठित छानविन समितिको प्रतिवेदन बमोजिम एनआरएन आइसीसीले गर्ने निर्णयलाई पूर्णरुपमा पालन गरेर जान आफु कटिबद्ध रहेको जानकारी यसअघि नै गराइसकेको छु ।
महाधिवेशनबाट आएको नेतृत्वलाई हटाउन सक्ने अर्को सामथर््य बिषेश अधिवेशन वा नंया अधिवेशनले मात्र राख्दछ भन्ने विश्वब्यापी मान्यतातर्फ पनि यहांहरुको ध्यानाकर्षण गराउन चाहान्छु । साथै महेन्द्र कंडेल समूहलाई समेत गतबर्षको सम्झौतामा भएका सबै धाराहरुको पालान गरेर मात्र एनआरएन युकेको नेतृत्व लिनका लागि तयार रहन आग्रह गर्दछु ।
गत सेप्टेम्बर २९ तारिखमा गरिएको सम्झौताको वैधानिकताका बारेमा चर्को बहस चलिरहेको अवस्थामा सो सम्झौताका बुंदाहरु बमोजिम नैं पनि महेन्द्र कंडेलले सदस्यहरुको नामावली संस्थालाई हालसम्म बुझाएका छैनन्। आर्थिक पारदर्शिताको बिषय यसभन्दा पनि गम्भीर मोडमा पुगेको छ । कुल आचार्य अध्यक्ष्य रहेको तथा महेन्द्र कंडेल आफै उपाध्यक्ष रहेको विगतको कार्यसमितिले महाधिवेशनमा घोषणा गरे बमोजिमको आर्थिक विवरण मेरो नेतृत्वमा रहेको कार्यसमितिलाई आजसम्म पनि हस्तान्तरण गरेको छैन । यी आर्थिक भद्रगोलको अपजस केही संचार माध्यमहरुले मलाई समेत दिएको कुरा त यहांहरु कसैबाट पनि छिपेको छैन । एनआरएन युकेमा आर्थिक पारदर्शिता हुनुपर्छ भन्ने मेरो प्रयासलाई उल्टो आक्रमण भएका बेला यस संस्थाको नेतृत्व सुम्पिन अत्यन्त कठिन भएको छ ।
तसर्थ एनआरएन युकेको एकताका लागि भनी गत सेप्टेम्बर २९ तारिखमा भएको सहमतिका बुंदाहरु पालना गर्दै महेन्द्र कंडेलले सदस्यहरुको पुर्ण विवरण पेश गरेमा, एनआरएन युकेमा देखापरेको आर्थिक पारदर्शिताको बिषय टुंगो लागेमा र वैधानिक तरीकाबाट नेृतृत्व हस्तान्तरणको पहल गरिएमा म कुनैंपनि समय एनआरएन युकेको नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जानकारी यसै विज्ञप्तिमार्फत गराउन चाहन्छु ।
एनआरएन यूके भित्रको कठिन यात्राका बाबजुद यस संस्थाले नेपाल र नेपालीका लागि विविध कल्याणकारी कार्यहरु गरि नैं राखेको छ । यो अवधिमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय सम्मेलनमा एनआरएन यूकेको उत्साहपूर्ण सहभागिता समेत रह्यो । विगतमा जसले जे जस्तो गल्ती गरे पनि त्यस पछि नलागी एनआरएन यूकेको गरिमालाई उच्च राख्न म पूर्ण रुपमा कटिबद्ध छु । त्यसैले वैधानिक बाटो बाटै निकास निकाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै नेतृत्व हस्तारन्तरणको वाताबरण तयार गर्न आग्रह गर्दछ्ु । विधी विधानको पालना, आर्थिक पारदर्शिता, विगतका सम्झौताहरुको पालना गराउने र संस्थाको हितको लागि काम गर्दै जांदा आम नेपाली जनसमूदायलाई पर्न गएको असुविधाप्रति दुख प्रकट गर्दछु । अन्जानमा मेरो कार्यशैली वा अभिव्यक्तिले अग्रजहरुको भावना वा प्रतिष्ठामा आंच पुगेको भए त्यसप्रति दुख प्रकट गर्दै क्षमायाचना गर्दछु ।
योगेन्द्र बहादुर क्षेत्री
अध्यक्ष्य
एनआरएनए यूके
५ डिसेम्बर २०१४