६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा


काठमाडौं/ सरकारले ६१ वटा नगरपालिका र सात वटा उपमहानगरपालिका थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्अन्तर्गतको समाजिक समितिको बैठकले स्थानीय विकास मन्त्रालयले ६६ वटा नयाँ नगरपालिका घोषणा गर्न सिफरिस गरेकामध्ये ६१ वटालाई नगरपालिका घोषणा गरेको हो। हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरिएको छ।

नयाँ उपमहानगरपालिकामा कुन कुन गाविस गाभिए
१. इटहरी – खनार, एकम्बा, पकली र हाँसपोसा गाविस थप। वडा संख्या १७ थपिएर २६।
२. धरान- विष्णुपादुका गाविस थप। वडा संख्या ४ थपिएर २७ ।
३. जनकपुर- ११ गाविस कुर्था, बसबिट्टी, बिन्धि, प्रको महुवा, लेहना, बैंगाशिवपुर, ब. सहिया, देवपुर रुपैठा, लक्ष्मीपुर बगेवा, गोपालपुर र कनकपट्टी थपिए। वडा संख्या ११ थपिएर २७।
४. हेटौंडा- बसामाडी गाविस थप। वडा संख्या ४ थपिएर २९।
५. भरतपुर- मंगलपुर, फूलबारी, गीतानगर, पटिहानी, शिवनगर पाँच गाविस थप। वडा संख्या १५ थपिएर २९।
६. बुटवल- सेमला र मोतिपुर गाविस थप। वडा संख्या ७ थपिएर २२।
७. नेपालगन्ज- पिप्रहवा, भवानीपुर, परसपुर, जैसपुर, उदयपुर, बसुदेवपुर, मनिकापुर, पुरैना, खासकारकाँदो र इन्द्रपुर १० गाविस थप। वडा संख्या १० थपिएर २२।

यसबाहेक पुराना नगरपालिकाहरुमा समेत केही क्षेत्र थपिएका छन्। भद्रपुर नगरपालिकामा महेशपुर र चन्द्रगढी दुई गाविस गाभिएका छन्। धनकुटामा भिरगाउँ र बेलहारा गाभिएका छन्। लहानमा ९ गाविस र सिराहामा ६ गाविस गाभिएका छन्।