पोखरा र रौतहटमा बैंक लुट्ने मुख्य योजनाकार पक्राउ


सागर राज तिमिल्सिना
पोखरा/सात महिना पहिले पोखराको न्युरोडमा गोली प्रहार गरि बैंकको पैसा लुट्ने घटनाका मुख्य योजनाकारलाई पक्राउ कास्की प्रहरीले पक्राउ गरी सार्वजनी गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी मुख्य योजनाकार रोतहट जिल्लाको चन्दनिगापुरका ३३ वर्षिय शुसिल कुमार दुलाललाई सार्वजनीक गरेको छ । घटनामा संलग्न रहेका मध्ये १ जनालाई रोतहट प्रहरीले पक्राउ गरेको छ भने अन्य ३ फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख बसन्त कुमार लामाले जानकारी दिए ।

घटनामा दुलाल सहित रोल्पाका ३५ वर्षिय विजय केसी, रुकुमका ३५ वर्षिय बसन्त गिरी, सिन्धुलीका ३१ वर्षिय टंक प्रसाद राई र सल्यानका ३५ वर्षिय उज्वल रोकाय क्षेत्री संलग्न रहेको लामाले जानकारी दिए । उनिहरुले पोखरा, रौतहट, चितवन लगाएतका ठाउँमा बैंक तथा अन्य क्षत्रेमा लुटपाट गरेको खुल्न आएको लामाले जानकारी दिए । उनिहरुले रौतहटमा रहेको एसविआई बैंकमा लुटपाटको क्रममा टंक प्रसाद राई समातीय पछि घटनाका अपराधीहरुका बारेमा जानकारी प्रहरीले पाएको थियो । घटनामा संलग्न गिरी, रोका क्षेत्री र केसी माओवादी पुर्व कमाण्डहरु हुन् भने दुलाल क्रान्तिकारी विद्यार्थी संघठन रौतहटका पुर्व अध्यक्ष हुन् ।

पक्राउ परेका दुलालबाट नायन यमयम लेखेको जमर्नी पेस्तोल, १ म्यागेजीन, ३ राउण्ड गोली, नगद ४ लाख ३१ हजार, ६ वटा विभिन्न कम्पनीका मोवाइल सिम, विभिन्न बैंकका एपिम कार्ड, एउटा मोटर साइकल, ७ लाखको काटेको चेक र रकम खुलाई हस्ताक्षर गरेका विभिन्न बैंकका चेक भेटिएको प्रहरीले जानकारी दिएको छ ।

maga-co-and-yatai-golikanda-1
बैशाख १५ गते पोखराको न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारीबाट पैसा लिएर यति डेभलपमेन्ट बैंकमा लैजाने क्रममा हतियारधारीको समूहले बैंकका कर्मचारी पुम्दीका २२ वर्षिय भगवान बराललाई गोली हानी ३१ लाख ४२ हजार रुपैयाँ लुटेका थिए । लुटेराले हानेको गोली लागेर बरालको एउटा आँखा गुमेको छ भने दायाँ खुट्टा र हात अझै राम्रोसँग चल्न सकेको छैन ।

घटनास्थलमा ९ एमएम लेखिएको नपड्केको गोली र दुईवटा खोका बरामद भएको थियो । घटनाको अञ्चल प्रहरी कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै अनुसन्धान टोली बनाएर घटनाको अनुसन्धान गरेको थियो । तस्विर ः गिताराना मगर