पेलेको स्वास्थ्यमा सुधार


ब्राजिलका फुटबल हस्ती पेलेले आफ्नो स्वास्थ्यमा सुधार भईरहेको बताएका छन। उनले ट्वीटरमा ब्यक्तिगत कारणले मात्र आफू अस्पतालको विशेष कक्षमा बसेको जनाएका छन्। तपाईहरुको माया र प्रेम पाउन मलाई भगवानले आर्शिवाद दिएका छन। मलाई कुनै गम्भीर समस्या छैन। उनले भनेका छन्।

पिसाब प्रणालीमा समस्या देखिएपछि ७४ वर्षे पेलेलाई साओ पाउलोको अल्वर्ट आइन्साटाइन अस्पतालमा गत सोमबार भर्ना गरिएको थियो।

पेलेले २१ वर्ष फुटबल खेल्दा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्। उनको नेतृत्वमा रहेको ब्राजिलले तीन पटक विश्वकप जितेको थियो।