गढीमाई मेलाका प्रमुखलाई ज्यान मार्ने धम्की


बारा / जिल्लास्थित गढीमाई मेला व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले आफूलाई भारतीय महिलाबाट ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् ।
भारतीय मोबाइलबाट ‘बली नरोके तेरो पनि टिकट काटिदिने’ भन्दै धम्की आएको अध्यक्ष साहले बताए । धम्की दिने महिला स्वर रहेको र उनले बारम्बार यदि तिमीले बलि नरोके आफूले तिम्रो पनि टिकट काटिसकेको भन्दै चेतावनी दिइरहेकी साहले बताए ।

गढीमाई मेला अवधिभर नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान प्रहरी गरी १२ सय सुरक्षाकर्मी परिचालन गरिने र सवारी साधनको व्यवस्थापनका लागि ६ वटै नाकामा करिब १ सय जना ट्राफिक प्रहरी खटाइने डीएसपी डीएसपी रवीन्द्र रेग्मीले बताएका छन् ।
प्रहरीका अनुसार भक्तजन तथा दर्शनार्थीहरुलाई गढीमाई मन्दिरभित्र प्रवेश गर्ने ६ वटा मूलनाकालाई विशेष निगरानीमा राखी प्रत्येक नाकामा प्रहरी निरीक्षकको कमाण्डमा ७५ जना प्रहरी खटाइएको छ ।
-onlinekhabar