सहमतिबाटै संबिधान बनाउन भारतीय प्रधानमन्त्री मोदीको दलहरुलाई आग्रह


काठमाडौ,/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिबाटै संबिधान बनाउन आग्रह गरेका छन् । उनले संबिधान निर्माणमा धेरै समय लागेको भन्दै चाँडै संबिधान बनाउन समेत आग्रह गरे । भारतीय सहयोगमा बनेको ट्रमा सेन्टर उद्घाटको क्रममा बोल्दै मोदीले संबिधानको पहिलो मस्यौदा बहुमतीय प्रक्रियाबाट भन्दा पनि सहमतिय प्रक्रियाबाट गर्नु उपयुक्त हुने बताए ।

उनले संबिधानको पहिलो मस्यौदामा सबैको अपनत्व हुनुपर्ने बताए । ‘हामी भारतमा दुई तिहाई बहुमतबाट बर्षैपिच्छे संबिधान संशोधन गछौं’, मोदीले भने,’सहमतिमा बनाएको संबिधान फेरि आवश्यकता अनुसार दुई तिहाई बहुमतबाट संशोधन गर्न सकिन्छ ।’

मोदीले अबको सयम एसियाली देशको भएको भन्दै संबिधान जारी भएपछि नेपाल पनि प्रगतिको बाटोमा हिड्नेमा आशावादी रहेको धारणा राखे । उनले अहिले लुम्बिनी, मुक्तिनाथ र जनकपुरको भ्रमण गर्न समय नमिले पनि चाँडै तीनै स्थानको भ्रमणको लागि आउने प्रतिबद्धता जनाए ।- ekantipur