पोखराको नदिपुरमा प्रहरी र बस चालकको पिटापिट


 

सागर राज तिमिल्सिना/पोखराको नदिपुरमा रहेको प्रहरी विट अगाडी प्रहरीले बस चालकलाई कुटपिट गरे पछि बस चालक र प्रहरी विचको विवाद चर्किएको छ । मंगलबार विहान करिब ८ बजे तिर बस चालकलाई विटबाट खटिएका प्रहरीले कुटपिट गरेका थिए । नदिपुर चोकमा बस रोकेका बस चालकलाई विटमा रहेको प्रहरीले विलबुक र बसका कागजपत्र नदिएको भन्दै कुटेका थिए ।
ग१ख २०२१ का चालक अमर लामाले कुटाई खाएका थिए । झगडाको कारण बगरबाट सञ्चालन हुने नगर बसहरु सन्चालनमा चालकहरुले नै रोक लगाएका छन् । विहानको विवाद बस चालक र प्रहरी बसेर साम्य भए पनि करिब ११ बजेतिर चालकलाई कुट्ने प्रहरी सादा पोशाकमा गै चालकहरुलाई लडाइ गर्नका लागी च्यालेन्ज गरेका थिए ।

त्यस पछि चालकहरुले उनलाई पिट्ने पर्यास गरेका थिए । चालकलाई पिट्ने प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनको नाम भने खुलाएको छैन। चालकहरुले भने बस सेवा ठप्पम पादै प्रहरीलाई कार्वाहीको माग गरेका छन् ।