नेकपा–माओवादी संस्थापन पक्षसंग सम्वन्ध विच्छेदको घोषणा,विप्लवले भने, ‘सँगै बस्न नसकिने भयो’


काठमाडौं/– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संस्थापन पक्षसंग सम्वन्ध विच्छेदको घोषणा गरेका छन् । पार्टीको हिजोदखि बुद्धनगरमा जारी बैठकमा विप्लवले पार्टी अध्यक्ष मोहन वैद्य किरणसमक्ष ‘अबसँगै बस्न नसकिने’ आशयको पत्र बुझाएको विप्लव निकट एक नेताले बताए ।
विप्लवले यस विषयमा पत्रकार सम्मलेन गरेर औपचारिक जानकारी गराउने ती नेताले बताए । ती नेताका अनुसार तत्कालै सशस्त्र आन्दोलन गर्ने पक्षमा भने विप्लव नरहेको पनि स्पष्ट पारे ।
विप्लवले पार्टीको गाडी लगायतका सामग्रीहरु बुद्धनगरमा बुझाएको उनले बताए ।