भारतबाट पनि सकारात्मक संकेत, जनकपुरमा मोदी भ्रमणको तयारी पुन


 

काठमाडौं/ जनकपुरमा मोदी भ्रमणको तयारी पुनः थालिएको छ । मोदीलाई जनकपुरको रंगभूमी (बाह्रबिघा) मा स्वागत गर्ने तयारी गरिएको भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधीले जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भारतीय दुताबासमार्फत मोदीलाई जनकपुर भ्रमणको कार्यक्रम स्थगित नगर्न अनुरोध गरेका थिए ।

अनुरोधपछि भारतबाट पनि सकारात्मक संकेत आएको मन्त्री निधीले जानकारी दिए । बिहीबार मन्त्री निधीले भारतीय पक्षबाट आएको सूचनाको आधारमा मोदीको जनकपुर भ्रमण रद्द भएको प्रेस विज्ञप्ती जारी गरेका थिए ।

मंसिर १० र ११ गते नेपालमा हुने १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन आउने भारतीय प्रधानमन्त्री मोदी ९ गते जनकपुर जानकी मन्दिर दर्शनको लागि जानेछन् ।