म्यानचेष्टर युनाइटेडका पूर्व प्रशिक्षक मोएज रियल सोसिडाडको प्रशिक्षक बने


काठमाडौं / डेभिड मोएज स्पेनिस क्लब रियल सोसिडाडको प्रशिक्षक नियुक्त भएका छन् ।
म्यानचेष्टर युनाइटेडका पूर्व प्रशिक्षक मोएजले सोसिडाडसँग १८ महिने सम्झौता गरेका छन् ।
५१ वर्षीय मोएज वर्ल्ड ट्राफर्डको प्रशिक्षक भएको १० महिनामा नै बर्खास्तीमा परे ।
मोएजको प्रशिक्षणमा रियल सोसिडाडले नोभेम्बर २२ मा डिपोर्टिभोसँग खेल्नेछ । यो सिजन खराव प्रदर्शन गरिरहेको रियल सोसिडाड ला लिगाको १५ औं स्थानमा छ ।