अनौपचारिक मतदानमा ८० प्रतिशत भन्दा बढी कातोलोनिया स्वतन्त्रताको पक्षमा


बसन्त रानाभाट
बार्सिलोना
कातोलोनिया स्वतन्त्रता बारेमा एक अनौपचारिक मतदानमा ८० प्रतिशत भन्दा बढीले स्वतन्त्र हुनुपर्छ भनी मत खसालेको नजिता आएको अधिकारीहरुले बताएका छन्। मतदानमा ५४ लाख कातोलोनिया क्षेत्रका योग्य मतदाताहरुले मतदानमा भाग लिएका थिए। तर अपेक्षा गरिएका अन्य २० लाख मतदाताहरुले भाग नलिएको बिबिसीले जनाएको छ।

स्पेनको संवैधानिक अदालतले भने मतदानलाई असंवैधानिक भन्दै अबैधानिक ठहर गरेको थियो।

कातालान नेता अर्तुर मासले अब एक औपचारिक जनमत संग्रह लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्ने जनमतले देखाएको “एक ठूलो सफलता” हासिल गरेको प्रतिक्रिया दिएका छन्।

_78876052_024671589
मतको परिणाम संगै कातोलोनी अलग हुनु पर्छ भनी माग राख्दै आएका समर्थक हरु उत्साहित भएका छन्।
तर स्पेनकी न्याय मन्त्री राफेल कातालाले मतदान “निरर्थक र बेकारको” रूपमा संघा दिएकी छन्।
मतदानमा कातालान क्षेत्रमा बैधानिक रुपमा बस्दै आएका नेपालीहरुले पनि भाग लिएका थिए। बिदेशी मुलुकका नागरिकहरु तर कातालान क्षेत्रमा बस्दै आएका योग्य मतदाताहरुलाई मतदानमा भाग लिने अधिकार दिईएको थियो। मतदानका लागि ४० हजार भन्दा बढी स्वयसेवकहरु खटाईएको थियो।  तस्बिर- पहिलो र तेस्रो मतदानमा सहभागी नेपालीहरु1899896_584779658314681_1296026870144509033_n