नेपाल सरकारबाट गोंन्जालेजको सम्झनामा श्रदान्जली सभा सम्पन्न


बसन्त रानाभाट
बार्सिलोना
नेपाल सरकारले स्पेनको राजधानी म्याड्रिड स्थित नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेज फ्रागुसको निधन प्रति दुख ब्यक्त गर्दै भाबपूर्ण श्रदान्जली ब्यक्त गरेको छ। सरकारका तर्फबाट पररास्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले पत्र मार्फत उनको निधनले अपुरणीय क्षति पुगेको भन्दै दुख ब्यक्त गरेका छन्।

फ्रान्स स्थित नेपाली राजदुताबासले म्याड्रिडमा आयोजना गरेको सभामा कार्यबाहक राजदुत राम बाबु ढकालले मन्त्री पाण्डेले पठाएको पत्र पढेर सुनाएका थिए। गोन्जालेज कि छोरी भिक्टोरीले बाबुलाई दिएको सम्मान र मायाले सभामा आशु थाम्न सकिनन्। उनलाई सरकारका तर्फबाट पठाईएको पत्र प्रदान गरिएको थियो भने आफ्न्ना बाबु सँग भएका नेपालीहरुका अभिलेख,कागतपत्रहरु उनले हस्तान्त्ररण गरेकी थिईन्। गोंन्जालेजको निधन सँगै म्याड्रिडबाट हुने कामहरु हालको लागि स्थगित गर्दै छिट्टै कार्यलाई निरन्तरता दिनको लागि पद पूर्तिको लागि पहल गरिने भएको छ।
सभामा उनको तस्बिरमा माल्यार्पण गर्दै एक मिनेट मौन धारणा गरिएको थियो। कार्यबाहक राजदुत ढकालले गोंन्जालेजले नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै निधनले आफुलाई दुखी भएको बताए।

एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरीले, स्पेन स्थित बिभिन्न संघ सस्थाहरु तथा प्रतिनिधिहरुले पठाएको समबेदना पत्र पढेर सुनाएका थिए।
श्रदान्जली सभामा पोर्चुगलको लिस्बनका लागि नेपालका अवैतानिक बाणिज्य दुत मकर हमाल,एनआरएनए पोर्चुगलका प्रतिनिधि भिम केसी कमल,एनआरएनए क्षेत्रीय समिति म्याड्रिडका पदाधिकारीहरु, गोंन्जालेजका आफन्त र साथीहरूको लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।

kaarybahak raajdut le chori victori lai samabedana patr hastantran

सेक्टेम्बर २१ तारिकमा ७५ बर्षको उमेरमा उनको निधन भएको हो। उनले सन् १९९४ अप्रिल १४ देखि म्याड्रिडको कन्सुलर कार्यलयमा रही नेपाली समुदायमा २० बर्षे लामो कार्यकाल बिताएका थिए। नेपाली सस्कृतिलाई औधी माया गर्ने गोंन्जालेज पटक पटक नेपाल जाने आउने गर्दथे। उनले स्पेनिसहरुलाई नेपालको प्रकृतिको बारेमा गुनगान सुनाएर नेपाल जान प्रेरणा दिने गरेको जानकारहरु बताउछन्।

 

10752054_865085326858962_1677478713_n10799723_865085256858969_1709030826_n