म्याड्रिड स्थित नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेजको निधन, पेरिस दुताबासले श्रदान्जली सभाको आयोजना गर्ने


बसन्त रानाभाट
बार्सिलोना
स्पेनको राजधानी म्याड्रिड स्थित नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेज फ्रागुसको निधन प्रति दुख ब्यक्त गर्दै फ्रान्स स्थित नेपाली राजदुताबासले श्रदान्जली सभाको आयोजना गर्ने भएको छ।
सेक्टेम्बर २१ तारिकमा ७५ बर्षको उमेरमा उनको निधन भएको हो। उनले सन् १९९४ देखि म्याड्रिडको कन्सुलर कार्यलयमा रही नेपाली समुदायमा २० बर्षे लामो कार्यकाल बिताएका थिए। नेपाली सस्कृतिलाई औधी माया गर्ने गोंन्जालेज पटक पटक नेपाल जाने आउने गर्दथे। उनले स्पेनिसहरुलाई नेपालको प्रकृतिको बारेमा गुनगान सुनाएर नेपाल जान प्रेरणा दिने गरेको जानकारहरु बताउछन्।

गोंन्जालेजको निधनले क्षति पुराएको भन्दै नेपाल सरकारको तर्फबाट पेरिस स्थित दुताबासका कार्यबाहक राजदुत राम बाबु ढकालको उपस्थितिमा म्याड्रिडमा शोक सभाको आयोजना हुन लागेको हो। नोभेम्बर ८ तारिख हुने शोक सभाका लागि गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनका अध्यक्ष एक राज गिरी लगायत बिभिन्न सस्थाका प्रतिनिधिहरु बार्सिलोनाबाट म्याड्रिड प्रस्थान गर्ने भएका छन्। सभामा एनआरएनए म्याड्रिड शाखाका प्रतिनिधिहरु लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने बताईएको छ।

यसैबीच संघका अध्यक्ष गिरिको अध्यक्षतामा बसेको आकस्मिक बैठकले गोंन्जालेजलको निधनले नेपाली समाजलाई अपुरणीय क्षति पुर्याएको ठहर गर्दै शोक प्रस्ताब पारित गरेको छ। साथै मृतक आत्माको चिरशान्तिको कामना गरेको छ। बैठकले एमआरपी पासपोर्टको फारम संकलन गर्न पेरिस दुताबासबाट बार्सिलोनामा घुम्ती टोलि आउन लागेको भन्दै फारम संकलनलाई तिब्रता दिने भएको छ। नोभेम्बर ६,७ र ८ तारिक फारम संकलन गरि ९ गते टोलि सँग बसेर फारम रुजु गराउने र कार्यबाहक राजदुत सँग अन्तरक्रिया समेत गर्ने भएको छ।