डरायो थर थर प्रदेशी बिचरा


– सन्तोष श्रेष्ठ

घर छोड्यो घरै बेचेर एकै सासमा ,बिदेशमा धन कमाउने मिठो आशमा!
फसायो ,आयो अनि अब डरायो थर थर बिदेशमा , बिचरा त्यसमा साथ दिने को !!
पल्ला घरको नरेको महल देखेर ,अनेक सपना र महत्वकांक्षा सोचेर !
उड्यो झोलामा घर खेत बारी बोकेर ,त्यो घर खेत बारी फर्काईदिने को !!
टोपीबाट टुप्पी निस्कने त्यो कपडा, बिदेशी बरफको चिसो खतरा !
दात कट्कटाउदै झर्छ सिगान नाकबाट बरर ,त्यो जाडो मेटाईदिने को !!
समुन्द्रीकिराका परिकार गाईको मासु थालमा ,पेटमा भोकको ज्वाला !
मडारिन्छ पेट अनि छटपटिन्छ ढल्छ भोकले ,त्यो भोक मेटाईदिने को !!!
आत्तियो चिच्यायो ,भक्कानियो ,बालापन साथी भाइ र गाउको यादमा करायो !
आशुमा याद बोकेर बिदेशी माटोमा हरायो, उसको बालापन फर्काउने को !!
न घरको ठेगान छ न बस्ने डेरा कुन बेला पासपोर्ट फालेर हिड्छ हेर !
डरायो थर थर सडकको पेटीमा प्रदेशी बिचरा, उसलाई दया गर्छ को !!
गाउँ .शहर ,साथिभाइ अनि बालापनको यादले भक्कनिदै रुदै करायो !
आशुले टल्पलिएका ति आखा दर्दालु छाती ,हेर्दा हेर्दै आफैमा हरायो ,
उसको रोदन सुन्छ को !! प्रदेश हल्लिने गरी भक्कानियको आबाज थुन्छ को !!!

-रचनाकार एनआरएनए स्पेनका प्रबक्ता हुन्