नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज नेपाल पुग्यो


काठमाडौं/चीन सरकारले अनुदानमा दिएको एउटा जहाज नेपाल आइपुगेको छ ।
चीन सरकारले अनुदानमा दिएको एउटा जहाज नेपाल आइपुगेको छ ।

१८ सिटको वाई १२ ई चिनियाँ जहाज  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । गएको असार ३० गते नै नेपाल आइपुग्नुपर्ने यो जहाज दोभासे पाइलटको अभावका कारण ल्याउन नसकिएको जहाज निर्माता चिनियाँ कम्पनी एभिक इन्टरनेशनले बताउँदै आएको थियो । विमानलाई मुलुकका पश्चिम भेटमा उडाउने तयारी गरिएको छ ।

यसअघि वैशाख १४ गते पनि चीनले एमए ६० बिमान अनुदानमा उपलब्ध गराएको थियो । त्यो विमानले अहिले सुगम गन्तव्यहरुमा व्यवसायीक उडान भरिरहेको छ । चीन सरकारको सहुलियत ऋणमा खरिद गरेका ४ वटा जहाज भने अझै आउन बाँकी छन् । कार्यतालिका अनुसार कार्तिकसम्म ६ वटै जहाज नेपाल आइपुग्नुपर्ने भएपनि बल्ल दुईवटा मात्र जहाज आइपुगेका छन् ।

निगमका अनुसार एउटा एमए६० र चार वटा वाई १२ ई जहाज अनुदानमा पठाएको चीनले एउटा एमए६० र ३ वटा वाई१२इ विमान सहुलियत ऋणमा चीनबाट ल्याउन लागेको हो ।