स्पेनमा दिपावली कप सेभेन ए साईड फुटबलको उपाधि बिसीएन सुजुरन ब्याईजलाई (फोटो फिचर सहित)


बसन्त रानाभाट
बार्सिलोना
बिसीएन सुजुरन ब्याईजले फाईनल खेलमा प्रबासी नेपाली मन्च स्पेनलाई हराउदै दिपावली कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उपाधि जितेको छ। गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनले आईतबार बार्सिलोनामा आयोजना गरेको प्रतियोगितामा अन्य सात टोलीलाई पछि पार्दै उपाधि चुमेको हो। उपाधि सँगै बिजेताले नगद ३०१ युरो र उपविजेताले १५१ युरो साथमा ट्रफी तथा प्रमाणपत्र पाप्त गरेका छन्।

स्पेनिस कातालान नागरिक अलफोन्स सान्चेस फर्नान्डेजले जर्सी तथा नगद मार्फत सहयोग गर्नाले आफुहरु तयारीमा जुट्न पाएको र फलस्वरूप उपाधि चुम्न सकेको कप्तान शान्गे शेर्पाले नेपालीनेपाली डटकमलाई प्रतिक्रिया दिए।  सुजुरन ब्याईजकै एलेन गुरुङ प्रतियोगिताकै सर्बोत्कृस्ट खेलाडी घोषित भए । बिजेता ब्याईजबाट खेल्ने अन्य खेलाडीहरुमा शैलेश मगर,रेन्जी शेर्पा,बिनोद लामा,पोपेन्द्र गुरुङ,सन्तोष गुरुङ,,सुदिप गिरी र सबिन गुरुङले रहेका छन्।

 

नेपाली जनसम्पर्क समिति र एनआरएनए स्पेनले सेमिफाइनल सम्मको यात्रा तय गर्न सफल भए भने ईनास स्पेन, गल्कोट समाज,म्याग्दी समाज र नेवारी समाज(पासा पुच) भने प्रतियोगिताको पहिलो चरणबाट नै बाहिरिएका थिए।

१४ बर्ष मुनिका खेलाडीहरु बीचको प्रतिस्पर्धामा भने परिवेश केसीको कप्तानीमा उत्रेको नेपाली जुनियर समुह ‘ए’ ले बिजय परियारको समुह ‘बि’ लाई ५- ० को गोल अन्तरले पराजित गरेको छ। खेलमा आजिब  कार्की सर्बोत्कृस्ट खेलाडी बने।
प्रतियोगितालाई रोचक बनाउनको लागि दर्शक दिर्घामा रहेका महिलाहरुलाई पनि दुई समुहमा बिभाजन गरि प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धामा सरला सापकोटा र जमुना सापकोटाको समुह मैदानमा उत्रिएको थियो।

संघका कोषाध्यक्ष एबम तयारी समितिका संयोजक हेमन्त रानाभाटले खेलमा सहभागिता जनाएर प्रतियोगिता सफल बनाइदिएकोमा स्पेनबासी नेपाली समुदायलाई धन्यबाद ब्यक्त गरेका छन्। आईसीसी सदस्य दिपक खरेल, संघका अध्यक्ष एकराज गिरीले नगद,ट्रफि तथा प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए।
बार्सिलोना र रियल मड्रिड जस्ता महारथी फुटबल क्लबहरु रहेको स्पेनमा नेपाली समुदाय बीच भएको प्रतियोगितामा बिभिन्न संघ-सस्था,संगठन लगायत सर्ब साधारणहरुको उपस्थिति रहेको थियो।

तस्बिर- सुबास बहादुर बिष्ट 

1461880_10154724416745567_7661898208705168795_n

10743606_861323477235147_475245427_n

1622768_10154724417300567_3256745023368127237_n1529743_10154724415065567_6494827750644223669_o

 

10752767_10154828231080220_113781272_o

 

10756464_10154828240680220_762647445_o