भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोखरा पनि जाने


पोखरा/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पोखरा जाने  भएका छन् । सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आउने मोदीले मुक्तिनाथ, लुम्बिनी र जनकपुर जाने योजना तय भइसकेको छ । मुक्तिनाथ र लुम्बिनिको बिचमा पोखरा पर्ने भएकाले एक दुई घण्टाकै लागि भए पनि पोखरामा आउने भएका छन् ।
मोदीलाई ल्याउन कुटनीतिक तहमा कुरा भैसकेको नेपाल उद्योग वाणिज्य महासँघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले  जानकारी दिए । सुरक्षा सतर्कताको लागि गृहमन्त्रालयसँग पनि पहिलो चरणमा कुरा भइसकेको र मंसिरको ११ वा १२ गते पोखरा ल्याउने तयारी भइरहेको उनले बताए । ११ गते आए एक रात बिताउने र १२ गते आए डेढ घण्टा मात्र उनले पोखरामा बिताउने छन् । पोखराको फुलबारी रिसोर्टले मोदीको स्वागतको लागि तयारी समेत थालिसकेको छ । भारतलगायत धेरै मुलुकमा होटेलहरु संचालन गर्दै आएको भारतको क्लार्क समूहले अहिले फूलबारीको व्यवस्थापन जिम्मा लिएको छ ।

पोखरामा नागरिकको तर्फबाट मोदीलाई सम्मान गर्ने र उनले सोही फोरममा आफ्ना भनाई समेत राख्नेछन् । मोदीको स्वागत तथा सम्मानका लागि नागरिकको तर्फबाट छिटै समिति गठन समेत गरिने मुल्मीले बताए । मोदी काठमाडौबाट पोखरा हुदै मुक्निाथको दर्शन पछि लुम्विनी जाने कार्यक्रमको तय हुने सम्भावना रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।