सभाध्यक्ष नेम्बाङ र इटलियाली विदेश राज्यमन्त्रीबीच भेटवार्ता


 

काठमाडौँ/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग नेपालको औपचारिक भ्रमणमा रहनु भएका इटलीका विदेश राज्यमन्त्री वेनेडिट्टो डेला भेडोभाले आज उहाँकै कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच संविधान लेखन प्रक्रिया, त्यस दिशामा भएका प्रगतिका साथै नेपालको समसामयिक राजनीतिक अवस्थाबारे विचारविमर्श भएको संविधानसभा/व्यवस्थापिका–संसद्का सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो ।

भेटवार्तामा नेपाल–इटली सम्बन्धका साथै पारस्परिक हित र चासाका विषयमा पनि छलफल भएको जानकारी उहाँले दिनुभयो । नेपाल र इटलीबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । रासस