ह्याप्पी न्यू इयरले पहिलै दिन सबै रेकर्ड तोड्यो


 

शाहरुख खानको  फिल्म ‘ह्याप्पी न्यू इयर’ले पहिलो दिन नै बक्स अफिसका सबै रेकर्ड तोडेको छ।
दीपिका र शाहरुख जोडीलाई फेरि एक पटक दर्शकले रूचाएका छन्।फिल्मले पहिलो दिन करिब ४५ करोड भारतीय रुपैयाँको कमाइ गर्दै आमिर खानको धुम ३ लाई पछि पार्दै बलिउडमा नयाँ रेकर्ड बनाएको हो।
यसअघि पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म आमिर खानको धुम ३ को नाममा थियो । जसले रिलिजको पहिलो दिन ३२ करोड कमाएको थियो ।
दिपावलीको अवसर पारेर शुक्रबार रिलिज भएको फिल्मको पहिलो दिन अधिकांश हलमा ८० प्रतिशत अकुपेन्सी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
ट्रे एनलिष्ट तरण आदर्शनका अनुसार ह्याप्पी न्यू इयरको पहिलो दिनको कमाइ बारे ट्विट गरेका छन्।
उनले ट्विटरमा लेखेका छन् ह्याप्पी न्यु इयरले पहिलो दिन ४४.९७ करोड रुपैयाँ कमाएको छ। फिल्मले हिन्दीमा ४२.६२ करोड, तेलगूमा १.४३ करोड तथा तमिलमा ९२ लाख रुपैयाँ कमाइ गरेको हो।
यअसघि साहरुख र दीपिकालाई नै लिएर मै हु ना हु र ओम शान्ति ओम बनाएकी निर्देशक फराह खानले ह्याप्पी न्यू इयरको निर्देशन गरेकी हुन् । हिरा चोर्ने उद्देश्यले डान्स कम्पिटिसनमा सामेल समूहको बारेमा फिल्म घुमेको छ।फिल्ममा अभिषेक बच्चन, ओमन इरानी, सोनु सोदको पनि अभिनय छ । शाहरुख तथा दीपिका पादुकोणको जोडीले यसअघि चेन्नाइ एक्सप्रेसमा सफल भएको थियो।-setopati