देश तथा बिदेशमा भाइटिका लगाईदै (फोटो फिचर सहित )


काठमाडौं / देश तथा बिदेशमा तिहारको पाँचौँ दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई भाइटीका पर्ब मनाइँदैछ ।
भाइटीकाको उत्तम साइत नेपाली समय अनुसार ११ बजेर ३५ मिनेटमा मानिएको छ। तर बिदेशमा भने आफ्नो समय अनुकुल टिका लगाउने क्रम जारि छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने गरिन्छ ।

तस्बिरहरु – समाजिक संजाल फेसबुक बाट साभार10407565_869276383096745_7955275388462628669_n

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

10700602_367796673370433_5133208106222122953_o

10258089_734025316689416_3194589048342534353_n10256218_824990730886826_4015134579555548444_n10462975_715819508503200_775733939073375978_n10671249_1500606330191854_5770827837371250457_n