तिहारमा पोखरामा करिब ४० लाख बराबरको मिठाई विक्रि 


 

सागर राज तिमिल्सिना
दाजुभाई र दिदी बैहिनीहरुलाई मिठा परिकार दिनका लागी पोखरामा करिब ४० लाख बराबरको मिठाईको कारोबार भएको छ । अन्य समयमा भन्दा तिहारको बेलामा मिठाईको कारोबार भएको हो । पोखरामा आँगन, न्यु मारवाडी, देउराली मिडाइ, पन्थी डेरी लगायतका ठूला मिठाई पसलहरुले वर्षौभरि मिठाई बिक्री गर्दै आएकोमा अन्य साना पसलहरुले समेत तिहारलाई लक्षित गरी आफ्नो पसलमा मिठाई सजाएर विक्रि गरेका थिए ।पोखराको चिप्लेढुंगास्थित न्यु मारबाडी सेवा भोजनालयका सञ्चालक प्रेमचन्द उपाध्यायले अन्य समयमा भन्दा तिहारको बेलामा बिक्री भएको बताए । उनले करिब ५ लाख बराबरको मिठाइ विक्रि भएको बताए ।

पहिले मिठाएको पर्चन नभए पनि पछिल्लो सयमामा मिठाइ प्रति आक्रषण बढ्दै जादा ४० लाख बराबरको कारोबार भएको हो । व्यस्थ दैनिकीले गर्दा पनि मिठाइ पर्ति आक्रषण बढेको सन्चालकहरु बताउ छन् । न्यूरोडस्थित आँगन रेष्टुरेण्टका सञ्चालक देव क्षेत्रीले करिब १० लाखको कारोबार भएको बताए ।

पोखरामा प्रतिमिठाई २० देखि २ सय रुपैयाँ पर्दछ । तिहारलाई लक्षित गरी सात सयदेखि ८ सय रुपैयाँ किलोसम्म विभिन्न थरिका मिठाइ बिक्री भएका थिए । तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको टीकोसहित मिठा मिठा परिकार खुवाउनका लागि ठूलो मात्रामा मिठाइ खरिद हुने गरेको छ ।