स्पेनमा पनि पूजा आराधना गरी लक्ष्मीको पुजा गरियो (फोटो फिचर सहित )


बसन्त रानाभाट
बार्सिलोना
झिलिमिली बत्तिको पर्वको रुपमा चिनिने तिहारको तेस्रो दिन स्पेनमा पनि पूजा आराधना गरी लक्ष्मी पुजा गरिएको छ। घर घरमा धनधान्य देवी लक्ष्मीको श्रद्धा र भक्तिपूर्वक पुजा आराधाना गरि मनाईएको हो। दिन भर काममा ब्यस्त भए पनि स्पेनबासी नेपालीहरुले साँझ पख पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन्।

बिदेशमा रहे पनि बिधि पुर्बक पुजा आराधाना गरे घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता राख्दै केहि दिन अगाडिबाट नै पुजाको तयारीको लागि उनीहरुले चाजोपाजो मिलाएका थिए। सात महिना अगाडि मात्र स्पेन आएकी राम्जा देउराली गाबिस-८ पर्वतकी शोभा शर्माले बिदेशमा रहेर पनि लक्ष्मी पुजा गर्न पाउदा खुशी ब्यक्त गरेकी छन् । उनले भनीन् “पुजाको लागि सेल रोटी,मिठाई,फलफुल, पालामा दीप प्रज्ज्वलन गरी , अबिरले लक्ष्मीको पाईला बनाउदै गरगहना,पैसा राखेर लक्ष्मीको पुजा गरियो ।”

करिब १० बर्ष देखी स्पेनमा बसोबास गर्दै आएकी तमु समाज स्पेनकि अध्यक्ष ज्योति गुरुङले यसपालि पनि परम्परा अनुसार नै लक्ष्मी पुजा गरेको बताईन्। आफैले सेलरोटी तयार गरेर,तिन- चार थरिको मिठाई बनाई पसल र घरमा लक्ष्मीको पुजा सम्पन्न गरेको जानकारी दिईन् ।

स्पेनमा नेपालीहरुको बाक्लो बसाई रहेका बार्सिलोना,पाईस भास्को,कमुनिदाद भालेन्सियाना,ग्रान क्यानारिया (क्यानारियन टापु),मड्रिड,मायोर्का,मालागा लगायतका शहरहरुमा  लक्ष्मी पुजा सम्पन्न गरेका छन्।

फोटो साभार सामाजिक संजाल फेसबुकबाट 10553929_861919667165109_5515008393843555435_o

1908451_10152853664831171_72645106685330231_n10689961_846523758720731_4515192672943155107_n-210735830_10152814102418817_729533938_n

1233197_913122948700448_4504221577007584234_o10687913_10204751046754533_5665626830189366723_o